आज साउन महिनाको चौंथो सोमबार, कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :परिवारका सदस्यसंग विवाद हुनसक्छ । छाती सम्बन्धि समस्याले सताउन सक्छ। व्यर्थको खर्च हुनसक्छ । मानसिक तनाब बढ्ने छ । यात्रामा बिभिन्न समस्या आउन सक्छ । शारीरिक तथा मनाशिक स्वास्थ्य राम्रो हुनेछ । बौद्धिक चर्चा बढ्ने छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :गरेका कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धीहरु पराजित हुनेछन् । सामाजिक दृष्टिकोण बाट सम्मान पाउनुहुनेछ। तर मध्यान्ह पछि झगडाको माहोल हुनेछ। तपाईमा भएको साहस उत्साह कम हुनेछ । मान हानि हुन सक्ने हुदा सचेत रहनु होला

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :दिनको सुरुवातमा मनमा क्रोध पैदा हुनेछ । शारीरिक तथा मानसिक रुपमा अस्वस्थ अनुभव हुनेछ । विद्यार्थीहरुको लागि अपेक्षित परिणाम प्राप्त नहुनसक्छ । तर मध्यान्ह पछी आफन्तसंगको भेटले मन प्रशन्न हुनेछ । आर्थिक लाभ हुनेछ । भाइ बन्धुहरु संगको प्रेम बढ्ने छ । भाग्य वृद्धिको समय रहेको छ । कार्य सफलताको कारण मन प्रफुलित हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :दिन सुखमय रहनेछ। शारीरिक र मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । प्रियजन र साथीहरुसंग भेट हुनेछ । स्वादिष्ट भोजन हुनेछ । मध्यान्ह पछी परिवारमा कलह हुनसक्छ । मन स्थिर नहुनसक्छ । मनमा नकारात्मक विचार पैदा हुनसक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :बोलि र व्यवहारमा बिषेस संयमता अपनाउनु पर्नेछ । आफन्तबाट मन दुखाउने काम हुनसक्छ । सोचे भन्दा धरै खर्च हुनेछ । स्वास्थ्यको बिषेस ध्यान दिनुहोला । मध्यान्ह पछी समय अनकुल हुनेछ । नयाँ कामको थालनी गर्न सक्नु हुनेछ। प्रियजनहरु संग रमाइलो भेट हुनेछ। काममा सहज हुनेछ। आर्थिक लाभ हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :विभिन्न क्षेत्रहरुबाट लाभ प्राप्त गर्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सहकर्मीहरुको पूर्ण समर्थन पाउनुहुनेछ। साथि भाइहरु लागि गरेको खर्च लाभ दाएक हुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला अन्यथा व्यर्थको विवादमा फस्न सकिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :दिन एकदमै शुभ रहेको छ । धार्मिक कार्य र दिव्य दर्शनबाट लाभ हुनेछ । विभिन्न क्षेत्रबाट लाभ मिल्ने समय रहेको छ । उच्च अधिकारीहरुबाट प्रोत्साहन मिल्नुको साथै पदोन्नतिको संभावनाहरु रहेका छन् । प्रियजन तथा साथीहरुसंग भेटघाट हुनेछ। एक सुन्दर पर्यटन स्थलको भ्रमण हुनेछ। शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :दिन शुभ रहेको छ । धार्मिक कार्यमा मन जानुको साथै धार्मिक स्थलको भ्रमण हुनेछ । विभिन्न क्षेत्रहरुमा लाभ प्राप्त गर्ने सम्भावना पनि छ। वैदेशिक यात्राको लागी परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारीहरु तपाइँको कामबाट खुसी हुनेछन् । पद बढ्ने असम्भावना रहेको छ । साथि तथा प्रिय मित्रसंग भेट हुनुको साथै रमाइलो यात्रा हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :कुनै पनि नयाँ कामको थालनी नगर्नु उचित हुनेछ । क्रोधलाई संयम राख्नुहोला अन्यथा परिवारका सदस्यसंग विवाद हुनसक्छ । मध्यान्ह पछी मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा आएको कठिनाइ कम भएर जानेछ । धार्मिक स्थलको यात्रा हुनसक्छ। भाग्य वृद्धिको सम्भावना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :आफन्त र मित्रसरुसंग दिन रमाइलोमा बित्नेछ । सहभागिता लाभदायक हुनेछ। रमाइलो पलका यादहरुले मन प्रफुलित हुनेछ । मध्यान्ह पछि समय प्रतिकूल छ। शारीरिक र मानसिक रुपमा अस्वस्थ हुनुहुनेछ। नकारात्मक बिचारको कारण मन विचलित हुनेछ। परिवारमा विवाद हुन सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :दिन धेरै शुभ रहनेछ । व्यपार व्यवसयमा लाभ हुनेछ । शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहुनेछ। दिन भर मनोरञ्जन गतिविधिहरुमा व्यस्त रहनुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :मनमा अशान्ति र उदेग छाउने छ । कुनै कारणले अचानक धन खर्च हुनेछ। शारीरिक स्वास्थ्य समस्य आउन सक्छ। मध्यान्ह पछि घरमा आनन्द र शान्ति को वातावरण रहनेछ। काममा सफलता मिल्नेछ। परिवारका सदस्यहरुसँग खुसीसाथ समय बित्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ।

प्रतिक्रिया दिनुहोस