कोभिड १९ बारे चीनले झुटो बोलेको अमेरिकी सेनेटरको आरोप

न्यू योर्क । अमेरिकी सेनेटर टम कटनले कोभिड १९ संक्रमणबारे चीनले झुटो बोलिरहेको आरोप लगाएका छन् ।अमेरिकी फक्स न्युज टेलिभिजनको अमेरिका रिपोर्टस कार्यक्रममा बोल्दै रिपब्लिकन पार्टीका सेनेटर कटनले कोभिड १९ बिषयमा चीनको निन्दा गरेका छन् ।

कोभिड १९ संक्रमणबारे चीनले सुरुदेखि नै झुटो बोलिरहेको उनले बताए । चीनको वुहानबाट फैलिएको कोभिड १९ बारे चीनले विश्व समुदायलाई जानकारी नदिएको र संक्रमणबारे झुटो बोलेको सेनेटर कटनले आरोप लगाए । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) का निर्देशक समेत चीनको पक्षपोषण गर्दै चीनमा कोरोना माहामारी नभएको समेत बताएको कटनले टिप्पणी गरे ।

वुहानमा कोरोना फैलिएको बारे अनुसन्धानका लागि समेत डब्लुएचओ ले नक्कली टोली पठाएको कटनले आरोप लगाए । प्रमुख संक्रामक रोग बिशेषज्ञ एन्थोनी फाउची र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) ले आह्वान गरेको स्वास्थ्य मापदण्डको समेत कटनले आलोचना गरे । चीनको वुहान प्रयोगशालामा फेला परेका प्रमाणहरु समेत नष्ट गरेको हुन सक्ने कटनले टिप्पणी गरे । स्रोत फक्स न्युज

प्रतिक्रिया दिनुहोस