पाकिस्तानमा मद्रासाहरुमा नै धार्मिक निन्दा

इस्लामाबाद । पाकिस्तानमा विभिन्न मद्रासा (धार्मिक बिधालय) हरुमा नै धार्मिक निन्दाको घटनाहरु हुने गरेको पाईन्छ । पाकिस्तानमा विभिन्न मद्रासाहरुमा धार्मिक गुरुद्धारा शारीरिक शोषण, बलात्कार जस्ता यौन दुव्र्यवहारको रिपोर्टहरु सार्वजनिक हुने गरेको छ । पाकिस्तानमा विपन्न परिवारका बिधार्थी अध्ययन गर्ने त्यस्ता करिब चालिस हजार मद्रासाहरु (मदारिस ए दिनिया) सञ्चालित छन् । ती मध्ये बाईस हजार मद्रासाहरु दर्ता भएका छन् । ती दर्ता भएका बाईस हजार मद्रासाहरुमा बीस लाख भन्दा बढी बिधार्थीहरु अध्ययन गर्दछन् ।

कुनै साउदी अरबको आर्थिक सहायतामा सञ्चालन भएका मद्रासाहरु छन्, जहाँ इस्लामिक कट्टरपन्थीकरण गर्ने गरिन्छ । यतिमात्र नभएर, कतिपय इसलामिक धार्मिक गुरुहरुले स्थानीय क्षेत्रमा विपन्न बिधार्थीहरु लक्षित बिना दर्ता मद्रासाहरु सञ्चालन गर्दै आएका छन् । खान, बस्न सुविधा सहितको मद्रासामा विपन्न बिधार्थीहरुलाई आकर्षित गर्ने गरेको पाईन्छ । त्यस्ता दर्ता नभएका मद्रासामाथि कुनै नियामक निकाय छैन । त्यसैले धार्मिक गुरुबाट हुने यौन दुव्र्यवहारको आरोपबारे अनुसन्धान गर्ने कुनै नियामक निकाय छैन ।

पाकिस्तान सरकारले मद्रासामा पाठ्यक्रमहरु आधुनिकीकरण र थप उत्तरदायी बनाउने बताउँदै आए पनि धार्मिक गुरुद्धारा छात्राहरुमा हुने यौन हिंसाको घटना रोकिएको छैन । यौन दुव्र्यवहारको रिपोर्टहरु दर्ता भएपनि कुनै पनि धार्मिक गुरुमाथि कारबाही नभएको प्रहरी निकाय बताउँछन् । पाकिस्तानमा इस्लामिक धार्मिक गुरुहरु शक्तिशाली र प्रभावशाली मानिन्छन् । उनीहरु बिरुद्ध आरोप लागे त्यसमाथि कुनै पनि छानबीन र कारबाही हुने गरेको पाईदैन । मृत्यदण्ड को कारबाही हुने धार्मिक निन्दा, इस्लामिक निन्दा जस्ता गम्भिर अपराधको अभियोगहरु समेत धार्मिक गुरुहरुले दबाउने गरेका छन् । स्रोत ईयू टुडे

प्रतिक्रिया दिनुहोस