कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि यी ठाउँमा खोप लगाउदै

कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि यी ठाउँमा खोप लगाउदै । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।

प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो ।बभुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।

खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालय काठमाण्डौले चे-तावनी दिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस