कियाराको काकीको प्रेममा पागल थिए सलमान !

केही समय अघि दिएको एक अन्तर्वार्तामा कियारा आडवाणीले आफ्नो आमा र सलमान खान एकसाथ हुर्किएका र राम्रो साथी भएको बताएकी छिन ।अभिनेत्री कियारा आडवाणीको फिल्म ‘शेरशाह’ यही महिनाको १२ अगस्टमा रिलिज हुने भएको छ । तर हामी उनको फिल्मको बारेमा यहाँ कुरा गर्दैनौं । यहाँ हामी सलमान खान सँग उनको सम्बन्धको बारेमा कुरा गर्नेछौं ।

हो, तपाइँ मध्ये धेरैलाई थाहा छैन होला । तर, कियाराको परिवार र सलमानको परिवार बिच धेरै राम्रो सम्बन्ध रहेको छ । केही समय अगाडि दिएको एक अन्तर्वार्तामा कियारा आफैले बताएकी छिन कि `उनको आमा र सलमान खान एकसाथ हुर्किएका र राम्रा साथी पनि हुन् ।´

कियाराका अनुसार `आफ्नो आमा र सलमान एकसाथ साइकल चलाउँथे र राम्रो साथी पनि हुन ।कियाराले यो पनि बताएकि छिन । उनकी काकी ‘शाहीन’ र सलमान खान पनि एक समयमा एक अर्कामा डेट गरेका थिए ।

कियाराका अनुसार काकी शाहीनलाई सलमान खानसँग उनकी आमाले परिचय गराएकी थिइन् । कियाराका अनुसार, यो सायद उनको काकी र सलमान खानको पहिलो सम्बन्ध थियो र उनकी काकी शाहीन सलमानकी पहिलो प्रेमिका थिइन् ।

मिडिया रिपोर्टका अनुसार सलमान खान कियारा आडवाणीको सल्लाहकार पनि हुन् । उनले नै अभिनेत्रीलाई नाम परिवर्तन गर्न सल्लाह दिएका थिए । किआराले आफ्नो आगामी फिल्म ‘शेरशाह’ मा डिम्पल चीमाको भूमिका निभाएकी छिन् ।

डिम्पल चीमा परमवीर चक्र विजेता शहीद क्याप्टेन विक्रम बत्राकी प्रेमिका थिइन्, जसले कारगिल युद्धमा क्याप्टेन बत्राको मृत्यु पछि विवाह गरेनन् । आज पनि उनी शहीद क्याप्टेन विक्रम बत्राकी विधवा जस्तै जीवन बिताइरहेकी छिन् । अभिनेता सिद्धार्थ मल्होत्रा ​​फिल्म ‘शेर शाह’ मा शहीद क्याप्टेन विक्रम बत्राको भूमिका निभाईरहेकि छन् ।

प्रतिक्रिया दिनुहोस