भारतको प्राथमिकता कोरोना माहामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाई

नयाँ दिल्ली । भारतले कोभिड १९ संकट समाधानबारे प्राथमिकता दिनुपर्ने भारतस्थित क्यानडाका प्रतिनिधिले बताएका छन् ।भारतले कोरोना भाइरस संक्रमणदर र वृद्धिमा भन्दा यसलाई कसरी सम्बोधन र समाधान गर्न सकिन्छ भन्ने बारे सोच्नुपर्ने भारतका लागि क्यानडाका उच्च आयुक्त नदिर पटेलले बताएका छन् । एएन्आई सँगको एक अन्तवार्तामा उच्च आयुक्त पटेलले भारतमा कोरोना संक्रमण, निजी कम्पनीहरुको भूमिका तथा माहामारीको समयमा भारतलाई उपलब्ध भईरहेको साथ सहायताको बारेमा बताएका छन् ।

कोरोना माहामारीबारे चिन्तित हुने भन्दा पनि सबैको सहकार्यबाट माहामारीलाई सम्बोधन र समाधान गर्नेतर्फ लाग्नुपर्ने उनले बताए । कोरोना माहामारीको समयमा भारतलाई सहयोग गर्नु क्यानडाको पहिलो प्राथमिकता रहेको पनि उनले बताए । भारतले क्यानडालाई कोभिड १९ बिरुद्ध औषधी तथा खोप सहयोग गरेको पनि उनले उल्लेख गरे ।

कोभिड १९ बिरुद्ध खोप उत्पादन र वितरणका लागि खोप अनुमतिबारे विश्व व्यापार संगठनमा भारतको प्रस्ताबलाई उनले समर्थन जनाएका छन् । वृहत तथा तिब्र खोप उत्पादनका लागि खोपको बौद्धिक सम्पति अधिकारको अनुमति दिनुपर्ने उनले जोड गरे । क्यानडाले भारतमा कोभिड १९ बिरुद्ध स्वास्थ्य सामाग्रीहरु उपलब्ध गरिरहेको उनले बताए । साथै कोभिड १९ संकट व्याबस्थापनका लागि क्यानडा सरकारले भारतीय रेड क्रसलाई एक करोड अमेरिकी डलर सहायता गरेको छ । स्रोत याहु न्युज

प्रतिक्रिया दिनुहोस