आज मंगलबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साउन २६ गते । आज मंगलबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस