सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार ) तोलामा रु ४०० ले ओरालो लागेको छ । तोलामा २०० रुपैयाँ बढ्दै रु ८९ हजार २०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८८ हजार ८०० सय मूल्य निर्धारण भएको हो ।

यस्तै तेजाबी सुन मंगलबार तोलामा रु रु ८८ हजार ७५० कारोवार भएकामा आजका लागि भने रु ८८ हजार ३५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै तोलाको रु १ हजार १९० मा कारोवार भएको छ ।

यो पनि पढ्नुहोस:यी ४ राशी हुने व्यक्ति हुन्छन् सबैभन्दा धनी, तपाईको कुन ?
काठमाडौँ । चाहेर मात्रै धनी बन्न सकिँदैन। कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन्।

तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ। विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छः

१) वृषः धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ। यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ। वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन्।

वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन्। शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ।

र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन्। यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन्। साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस