गोठमा चट्याङ५ वर्षीय दिपक खड्काको मृत्यु, चट्याङमा परी २ वटा भैंसी समेत म रे

रुकुम- आठबिसकोट नगरपालिका(१४ घेत्मा बस्ने नरेन्द्र खड्काको गोठमा चट्याङ पर्दा उनकै छोरा ५ वर्षीय दिपक खड्काको सोमबार साँझ मृ त्यु भएको छ । गोठमा खेल्दै गरेको अवस्थामा चट्याङ लागेर वे होस भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । चट्याङमा परी २ वटा भैंसी समेत म रेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस – वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह
वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले पोखराबाट ओझेलमा परेको लेखनाथ क्षेत्रमा सरकारीस्तरबाटै वन नर्सरी सञ्चालन हुनु आफैँमा महत्वपूर्ण भएको बताउनुहुन्छ । बोटबिरुवा लगाउनका लागि लेखनाथ क्षेत्रमा पर्याप्त जमिन रहेका कारण पनि सञ्चालित नर्सरीले यस क्षेत्रमा वन पैदावारका साथै औषधीय गुणका वनस्पति लगाउने क्रम बढ्ने उहाँले बताउनुभयो ।

एक÷दुईवटा बिरुवा लिन एक दिन लगाएर डिभिजन वन कार्यालयको नर्सरी पोखरा–१६ मा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै अध्यक्ष लामिछानेले भन्नुभयो, “यसको भरपुर उपयोग गरेर लेखनाथ क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न स्थानीय बासिन्दा लाग्नु पर्छ । पोखरा–३० द्वारा उपलब्ध गराइएको दुई रोपनी सार्वजनिक जग्गामा यसै वर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा विभिन्न जातका ५० हजार बिरुवा उत्पादन गरिएको लेखनाथ सबडिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

नर्सरीमा जडीबुटी प्रजातिका कुरिलो, तेजपात, हर्रो, बर्रो, अमलालगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राइखनियो, इपिलइपिल, नासपाती, हलुवावेद, अम्बालगायतका ४० हजार बिरुवा उत्पादन गरेर वितरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार गण्डकी प्रदेश सरकार वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न आर्थिक वर्ष २०७७÷७८ मा रु ५० हजार प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस