चितुवाको छालासहित दुईजना पक्राउ

पाल्पा- पाल्पामा चितुवाको छालासहित दुईजना पक्राउ परेका छ्न् । प्रदेश प्रहरी अनुसन्धान व्यूरो र हार्थोक प्रहरीको समन्वयमा चितुवाको छालासहित रिब्दीकोट गाउँपालिका-५ देउराली कुशुमखोलामा चितुवाको छाला कारोवार गर्ने दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता रामेश्वर त्वातीले दिएको जानकारी अनुसार मुझुङ्गबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रदेश अनुसन्धान प्रहरीको समूह र प्रहरी चौकी हार्थोकको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका-७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बन्यजन्तु चोरी तस्करी सम्बन्धि मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस