कडा मेहनत गर्दापनी सफल हुनुभएन ? यी सुत्र अपनाउनुहोस् !

प्रत्येक मानिसको जीवनमा सफल हुने चाह रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । तर, कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानि हालेसरी खेर जान्छ । डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् । धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् । सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् ।

सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको ‘स्याक्रिफाइज’ हो । त्यसैले केही ठूलो पाउन स–साना कुरा गुमाउनपर्छ भनेर नडराउनुहोस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् र त्यस समयलाई अध्ययन तथा आवश्यकता अनुसार सही सदुपयोग गर्नुहोस् । आफू सहि बाटोमा छु कि छइन भनेर सधैभरी सचेत रहनुहोस् । यदी गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ । मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आपूmसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । परिवारसँग खुलेर रहनुहोस् । मनमा कुरा गुम्साएर नराख्नुहोस् । त्यसैले नयाँ काम सुरु गर्नु अघी सबैभन्दा पहिले र ठुलो कुरा भनेको राम्रो आइडिया हो । राम्रो आइडिया पाउन निम्न आठ कुराको ध्यान दिनुहोस ।प्रयास गर्नुहोस, तर नडराउनुहोस : मनमा जे आइडिया आउछ त्यसलाई प्रयोगमा पनि ल्याउनुहोस तर पारीणाम सँग नडराउनुहोस । यसरीनै सफल आइडिया आउछ।

मनिसहरु सँग भेट गर्नुहोस र नयाँ कुरा सिक्ने कोशीस गर्नुहोस : आफ्नो रुचिको बिषयमा किताब वा इन्टरनेटमा पढ्नुहोस र सो बिषयमा जानाकार ब्यक्तिहरुसँग भेट गरी कुरा गर्ने कोशीस गर्नुहोस् । उनिहरुको सोच के-कस्तो छ जान्ने कोशीस गर्नुहोस ।कृएटर बन्नुहोस कन्जुमर होइन : हामीहरु प्राय नयाँ कुरा देख्ने बित्तिकै त्यसलाई उपभोग गर्ने सोच बनाउछौ । त्यसैले तपाईंले पनि केही नयाँ गर्ने कोशीस गर्नुहोस् वा नयाँ पोर्डक्ट ल्याउने सोच बनाउनुहोस र त्यसको कोशीस गर्नुहोस ।

लक्ष्य सधैं ठुलो राख्नुहोस : महाकवी लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए कि ‘उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ । तपाईंले पनि त्यस्तै ठुलो लक्ष्य तय गर्नुहोस । जसले तपाईंको सोचको दायरा पनि ठुलो बनाउनेछ भने ठुला-ठुला काम गर्ने पनि आँट आउनेछ ।अरुको असफलताबाट सिक्नुहोस : तपाईं सफल हुन चाहनुहुन्छ भने अरुले प्रयोग गरेको बाटो हेर्नुहोस् । उनिहरु किन असफल भए ? यस बारेमा खोजबिन गर्नुहोस् र त्यही काम फरक तरिका बाट गर्नुहोस जसले तपाईंलाई सफल बनाउनेछ ।

तुलना गर्नुहोस : सबै चिज सबै ठाउमा फिट हुँदैन । त्यसैले तपाईंले आफुले ल्याउन चाहेको प्रोडक्ट तपाईंले छानेको ठाउमा फिट हुन्छ कि हुँदैन तुलना गर्नुहोस ।उल्टो बाटो हिंड्ने कोशीस गर्नुहोस : प्राय अहिले जे भैरहेको छ त्यसको उल्टो सोच्ने कोशीस गर्नुहोस् र यदी त्यो चिज उपयुक्त लाग्छ भने त्यही बाटो हिंड्ने कोशीस गर्नुहोस ।

स-साना समस्या पनि हल गर्नुहोस : प्रय स-साना समस्याहरु हामी नजर अन्दाज गरेर जान्छौ । सफलताको लागि यो बिल्कुल घातक हुन्छ। त्यसैले स-साना समस्या पनि समाधान गरेर अघी बध्नुहोस । जसले तपाईंलाई अवस्य सफल बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस