गिनीमा घातक मारबर्ग भाइरसका कारण एक जनाको मृत्यु

पश्चिम अफ्रिकी गिनीमा घातक मारबर्ग भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । गिनी स्वास्थ्य अधिकारीहरूका अनुसार गिनीमा मृतकबाट लिइएको नमुनाको प्रयोगशाला परीक्षणले उक्त व्यक्तिमा मारबर्ग भाइरस भएको पुष्टि गरेको हो ।

सम्पर्कमा एका एक स्वास्थ्यकर्मीसहित चार जना मानिस उच्च जोखिम रहेको पहिचान गरिएको छ भने अन्य एक सय ४६ जना जोखिममा हुनसक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ सङ्गठन (डब्ल्युएचओ) का अनुसार मारबर्ग भाइरस मानिसहरूलाई चमेरोबाट सर्छ र शरीरको तरल पदार्थको प्रसारणको माध्यमबाट एक मानिसदेखि अन्यमा सङ्क्रमण फैलिन्छ । यसले टाउको दुखाइ, ज्वरो, मांसपेशी दुखाइ, रगतको वान्ता हुने र रक्तस्रावसहित लक्षण देखाउन सक्छ, जुन गम्भीर र घातक हुन्छ ।

मारबर्ग भाइरसको सङ्क्रमणका भएका यसका लागि कुनै उपचार छैन । तर डाक्टरहरूका अनुसार पानी धेरै पिउने र देखिएका लक्षणहरूको उपचारले बिरामीको जीवित रहने सम्भावना बढाउन सक्छ ।

अफ्रिकास्थित डब्ल्युएचओका क्षेत्रीय निर्देशक डा. मात्सिदिसो मोएतीका अनुसार मागबर्ग भाइरस टाढा–टाढासम्म फैलने खतरा छ । उनले यसलाई चाँडोभन्दा चाडो नियन्त्रणमा लिनुपर्ने बताए ।

मारबर्ग भाइरसको सङ्क्रमण धेरै दुर्लभ छन् । यसको अन्तिम प्रकोप २००५ मा अङ्गोलामा देखिएको थियो । उक्त समयमा त्यहाँ भाइरसका कारण दुई सय जनाले ज्यान गुमाएका थिए । -बिबिसीबाट

प्रतिक्रिया दिनुहोस