मिडियामा किन देखाउँदैनन् विराट र अनुष्काले आफ्नी छोरीको अनुहार ?

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्मा एक अर्का लाई गर्ने माया कसैको अगाडि लुकेको छैन । विराट तथा अनुष्काका आफ्ना फ्यानहरूलाई बेला बेला रमाइला फोटोहरू पस्किरहेका हुन्छन् ।

अनुष्का तथा विराट अहिले युकेमा रहेका छन् । दुवै जना त्यहाँ आफ्नो क्वालिटी टाइम बिताइरहेका छन् । विराट तथा अनुष्का दुवै जना आफ्ना फ्यानहरूका लागि एकदमै सुन्दर तस्बिरहरू एक पछि अर्को गर्दै दिइरहेका छन् ।

विराट अनुष्काले लिए लन्चको रमाइलो : विराट कोहलीले एक पटक फेरी आफ्नो इनस्टाग्राम स्टोरीमा आफ्नी लेडी लभ अनुष्का शर्मा सँग लन्च डेटको शानदार फोटो शेयर गरेका छन् । फोटोमा विराट कोहली मुस्कुराउँदै सेल्फी लिइरहेको देख्न सकिन्छ ।

उनको छेउमै बसेकी अनुष्का क्यामरा तिर पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा दुवै जनाको बोन्डिङ एकदमै राम्रो देखिएको छ । फोटो हेर्दा उनीहरू दुवै जना एकदमै रोमान्टिक लन्च डेट रमाइलो गरिरहेको देख्न सकिन्छ ।

फोटोमा दुवै एकदमै खुसी देखिएका छन् भने एक अर्का प्रति समर्पित समेत देखिएका छन् । यद्यपि यो जोडीले आफ्नो सन्तानलाई भने मिडियाबाट टाढै राख्दै आएका छन् । उनिहरूले आफ्नी छोरीको अनुहार मिडियाको अगाडि जहिले पनि छोपेका हुन्छन् ।

मिडियाको क्यामेरा अगाडि छोरीको अनुहार उनले धेरै पटक हातले छोप्ने गरेका छन् । उनकी छोरीको कुनै पनि तस्बिरमा स्पष्ट अनुहार देखिएको छैन ।

साहरुखका छोरा आर्यन, अमिताभ बच्चनकी नातिनी, साहरुखकी छोरी सुहाना, सैफअली खानकी छोरी लगायतका तस्बिर मिडियामा विभिन्न स्क्यान्डल शैलीमा सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस