अफगान राष्ट्रपति कार्यालयमा यसरी छिरे तालिबान लडाकू (तस्वीरहरू)

तालिबान विद्रोही समूह अफगानि राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन्। उनीहरूले अफगानिस्तान कब्जामा लिएका छन्।झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। त्यसक्रममा तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्वीर समेत खिचेका छन्।

आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर, राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।

राष्ट्रपति घानीले भने रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन्। यद्यपि, उनले आफू कहाँ छु भन्ने खुलाएका छैनन्।राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ। अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस