एजेन्सी । भारतको मध्ये प्रदेशमा भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । यसैबीच अशोक नगरको पञ्चावली गाउँको आसपासको एक नदिमा स्थानीयले चाँदीको सिक्का भेट्टाएका छन् । त्यहाँको सिन्ध नदिमा चाँदीका सिक्काहरु भेटिएको हो । भेटिएका सिक्काहरुमा अंग्रेज शासनको छाप देख्न सकिन्छ । त्यहाँको नदिमा पानीको बहाब कम हुँदै गएपछि स्थानीयले सिक्का भेटेका हुन् । नदिको बाटो हिँडिरहेका केहि मानिसले सिक्का भेटेपछि अहिले सबै गाउँलेहरु मिलेर सिक्का खोजी कार्यमा जुटिरहेका छन् । अहिलेसम्म त्यहाँबाट उनीहरुले सात/आठ वटा सिक्का निकालिसकेका छन् ।
सिक्का नदिमा बगेर आएको हुन सक्ने स्थानीयको अनुमान छ । यस विषयमा एसडिपीओसँग कुरा गर्दा उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी मिलेको बताए । यसबारे पुरा जानकारी लिन थाना प्रभारीलाई पठाइएको छ । अहिलेसम्म सिक्का कहाँबाट आयो भन्ने कुरा पुष्टि हुन सकेको छैन । केही मानिसहरुले भने कसैको घरमा लुकाएर राखिएको सिक्का बाढीमा बगेर आएको हुन सक्ने अनुमान लगाएका छन् । कसैले भने कुनै धार्मिक आस्था बोकका मानिसले नदिमा सिक्का दान गरेको हुन सक्ने पनि बताएका छन् ।
तीव्र गतिमा तौल घटाउन बिहानै गर्नुहोस् यी ८ काम
एजेन्सी । मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।
उच्च प्रोटिनयुक्त नास्ता : दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । एक अध्ययनका अनुसार धेरै प्रोटिन भएको खानेकुरा खाने गर्दा बारम्बार भोक लाग्दैन । प्रोटिनको उच्च मात्राले घ्रेलिन हर्मोनको उत्पादन कम गर्छ । यसले भोक लाग्ने समस्या कम गर्छ । यसका लागि बिहानको नास्तामा अण्डा, दही, नट्स र चियाको सीड्स सामेल गर्नुपर्छ ।
धेरै पानी : बिहानको नास्ता गर्दा दुई गिलास पानी पनि पिउने गर्नुस् । पानीले शरीरमा शक्ति बढाउँछ । र, ६० मिनेटसम्म क्यालोरी पगाल्न मद्दतगार हुन्छ । दिनको सुरुवात पानी पिएर गर्ने गर्दा शरीर सुख्खा हुने समस्या हुँदैन भने तौल पनि तीव्र गतिमा घट्छ ।
तौल नाप्ने : हरेक बिहान तौल नाप्दा आफूलाई खानेकुरामा नियन्त्रण गर्न सकिन्छ । एक अध्ययनका अनुसार हरेक दिन तौल नाप्ने ४७ जनाको ६ महिनामा ६ किलो तौल कम भएको पाइएको छ । बिहान उठ्नेवित्तिकै तौल नाप्ने गर्दा तौल नियन्त्रणमा आउँछ ।
घाममा बस्ने : बिहान–बिहान थोरै समय घाममा बस्ने गर्नुपर्छ । सूर्यबाट आउने भिटामिन डिले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । भिटामिन डिले तौल घटाउनुका साथै बढ्न पनि रोक्छ । एक अध्ययनमा सामेल भएका २१८ जना महिलाले एक वर्षसम्म भिटामिन डि क्याप्सुल खाए । भिटामिन डिको सेवनपछि अन्य प्रक्रियाबाट तौल घटाउने महिलाको भन्दा ३ किलो तौल घटेको पाइएको थियो । हरेक बिहान कम्तिमा १० मिनेट घाममा बस्नुपर्छ ।
व्यायाम : बिहान उठेर व्यायाम गर्दा छिट्टै तौल घट्छ । बिहान व्यायाम गर्दा रगतमा चिनीको मात्रा पनि कम पाइन्छ । जसले गर्दा छिटो छिटो भोक लाग्ने समस्या आउँदैन ।
खानामा ध्यान दिने : समयभन्दा अगाडि नै खाना खाने नगर्नुस् । त्यसैगरी, आफूले के के खाँदै हुनुहुन्छ त्यसमा पनि ध्यान दिनुस् । एक रात अगाडि नै भोलिपल्टको खानामा के के खाने भन्ने कुरा तय गर्नुस् । योजनाअनुसार खाना खाँदा शरीरमा बोसोको मात्रा कम हुन जान्छ र तौल पनि कम हुन्छ ।
निन्द्रा : राति छिट्टै सुत्ने बानीले पनि तौल घट्छ । निन्द्रा र भोकबीच गहिरो सम्बन्ध हुन्छ । जो व्यक्ति राति धेरै समयसम्म अनिँदो रहन्छ उसले ननिदाउँदा सम्म केही न केही खाइरहेको हुन्छ । त्यसैले समयमा नै सुत्ने बानीले खाना छुट्छ । त्यस्तै, बिहान पनि छिट्टो उठ्ने गर्नुस् । बिहान छिट्टै उठेर व्यायाम गर्ने, नास्ता खाने र समयको ख्याल गर्ने गर्नुपर्छ ।
साधनको प्रयोग : तौल घटाउन चाहानुहुन्छ भने सबैभन्दा सजिलो तरिका हिँड्ने, साइकलको प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने गर्नुपर्छ । कार प्रयोग गर्दा तीब्र गतिमा तौल बढ्छ । त्यसैले, आवातजावत गर्दा सकेसम्म साइकलको प्रयोग गर्नु नै उचित हुन्छ ।