प्रेमिकासँग घुम्न पिताले बेचे छोरा !

एजेन्सी । एक पिताले आफ्नो सन्तानको भविष्य निर्माणका लागि धेरै परिश्रम र त्याग गरेको हामीले सुन्दै आएका छौँ । तर एक पिताले भने प्रेमिकासँग घुम्नका लागि आफ्नो सन्तान नै बेचिदिएका छन् ।

चीनमा एक पिताले आफ्नो दुई वर्षे बच्चालाई बेचेर त्यसबाट आएको पैसाले प्रेमिकासँग देशभ्रमण गरेका हुन् । ती व्यक्तिले पत्नीसँग पारपाचुके लिएका थिए र बच्चाको स्याहार गर्न सकेका थिएनन् । त्यसपछि उनले सन्तान बेच्ने निर्णय लिए ।

चच्याङ लिगल डेलीले दिएको खबरअनुसार, सी थर भएका यी व्यक्ति जतिखेर पनि पत्नीसँग झगडा गरिरहन्थे । त्यसपछि उनीहरूबीच पारपाचुके भयो । उनीहरूका दुई सन्तान छन् । महिलाले छोरी राखिन् अनि पुरुषले छोरा राखे ।

सीले छोरोलाई चांग्सु शहरमा बस्ने एक जोडीलाई बेचिदिएको थियो । उसले लगभग २७ लाख रुपैयाँमा छोरो बेचेको थियो । त्यत्तिका रकम पाएपछि ऊ प्रेमिकासँग देशभ्रमण गर्न हिँडेको थियो । बच्चाको कुनै खबर नपाएपछि अनि सीले पनि फोन नउठाएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरीले अनुसन्धान गरी सीलाई पक्राउ गरेको थियो । उक्त व्यक्तिले पत्नीसँग मिलेर पहिला पनि दुई छोरीहरू दुई परिवारलाई बेचेको आरोप छ ।

शरीरमा देखिएका यी लक्षण हुन् छिटो मृत्युको चेतावनी चिन्ह
शरीरमा महसुस हुने हरेक साना–ठूला परिवर्तनले मानिसको छिटो मृत्युको संकेत दिनसक्छ । डाक्टरले चेतावनी दिँदै यी संकेत हरेकले बुझ्न आवश्यक भएको बताउने गर्छन् ता कि यसलाई समयमा नियन्त्रण गर्न सकियोस् । एक शोधको आधारमा अनुसन्धानकर्ताले छिटो मृत्युको यो चेतावनी चिन्ह मृत्यु हुनु १० वर्ष अघि नै देखिने दाबी गरिएको छ । हिँड्डुल गर्नेदेखि लिएर शरीरका विभिन्न गतिविधिमार्फत् तपाईं यसको पहिचान गर्न सक्नुहुन्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यो शोधको आधारमा विशेषज्ञले भने, ‘६५ वर्षभन्दा बढी उमेरमा ‘फिजिकल मोटर फंक्सन’ मा गिरावट हुनु मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ ।’ विशेषज्ञका अनुसार मानिसहरु कुर्सीबाट उठ्नेदेखि हिँड्डुल गर्ने र वाकिङ स्पीड वा कमजोर ग्रिप स्ट्रेन्थ ९पकड० मार्फत् यी संकेतको पहिचान गर्न सकिन्छ । सुरुवाती चरणमा यसको पहिचान गरेर तपाईं यसको रोकथाम गर्न सक्नुहुन्छ ।

विशेषज्ञको यो दाबी ३३ देखि ५५ वर्षका उमेरका ६,००० स्वयंसेवकमाथि भएको एक अनुसन्धानमा आधारित छ जुन सन् १९८५ देखि १९८८ का बीचमा आयोजना गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१६ बीच यी सहभागीको तीन भिन्न भिन्न समयमा शारीरिक मूल्यांकन पनि गरिएको थियो । यसमा हिँडाईको गती, कुर्सीबाट उठ्न लाग्ने समय, केही कुरा समात्ने शक्ति, शौचालयको प्रयोग, पकाउने र सरसामान किनमेलजस्तो केही सहज काम अह्राइएको थियो । यसमा सन् २०१९ सम्म कुनै पनि कारणले भएको मृत्यु पनि दर्ता गरिएको थियो ।

शोधमा पाइए अनुसार फिजिकल मोटर फंक्सनको लेभलमा कमी हुँदा मानिसको छिट्टै मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ । रिपोर्टका अनुसार सन् २०१९ सम्म जुन स्वयंसेवीको मृत्यु भयो, उनीहरुको मृत्युभन्दा १० वर्ष अघिसम्म कुर्सीबाट उठ्ने गती बाँचिरहेका बिरामीको भन्दा कम थियो । यति मात्रै होइन, मृत्यु भएका स्वयंसेवकले मृत्युभन्दा चार वर्ष अघिसम्म आफ्नो दैनिक क्रियाकलापमा बाँचिरहेका मानिसहरुभन्दा बढी कठिनाई महसुस गरे । यो अवधिमा मृत्यु हुने स्वयंसेवीहरुको समस्या लगातार बढिरह्यो । शोधकर्ताले छिटो मृत्यु भएका २२ स्वयंसेवीमा ‘स्लो वाकिङ स्पीड’ को समस्या भेटे । १५ प्रतिशतमा कमजोर ग्रिप स्ट्रेन्थ र १४ प्रतिशत मामिलामा कुर्सीबाट उठ्दा समय लाग्नेजस्ता समस्या सम्बन्धित थिए । यस्तै, दैनिक क्रियाकलापमा कठिनाई मृत्युको ३० प्रतिशत मामिलासँग सम्बन्धित थियो । विशेषज्ञका यो चेतावनीयुक्त चिन्ह समयसँगै बढी गम्भीर हुँदै गयो ।

प्रतिक्रिया दिनुहोस