मेडिकल मास्कलाई सेनिटाइजर छर्केर पुनः प्रयोग गर्न मिल्छ ?

काठमाडौं । कोभिड महामारी आउनुपूर्व मास्कको प्रयोग कमै हुन्थ्यो । श्वास लिन गाह्रो हुन्छ, असहज हुन्छ लगायत धेरै बहानामा मानिसहरु मास्क नलगाइ हिँड्थे । अहिले कोभिड महामारीले भने अनिवार्य मास्क लगाउनुपर्ने बानीको विकास हुँदैछ । हामी भर्खरै मात्र मास्क लगाउन सिक्दैछौँ, त्यसकारण पनि मास्कबारे धेरै कुरा थाहा पाएका छैनौँ । धेरैजसोले सर्जिकल, मेडिकल मास्क समेत धोएर अथवा सेनिटाइजर छर्केर पुनः प्रयोग गर्ने गरेको पनि पाइन्छ । के यसो गर्नु उचित छ त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्जिकल/मेडिकल मास्क सेनिटाइजर छर्केकर पुनः प्रयोग गर्न मिल्दैन । सेनिटाइज छर्किएर मास्क प्रयोग गर्दा मास्क भिजेर यसको प्रभावकारिता कम हुन सक्छ । सर्जिकल/मेडिकल मास्क एक पटकको प्रयोगका लागि मात्रै बनाइएको हुन्छ । त्यसैले सम्भव भएसम्म एक चोटी प्रयोग गरेपछि यस्ता मास्क पुनःप्रयोग गर्न नहुने मन्त्रालयले जनाएको छ ।

श्रीमानसँग सम्बन्धविच्छेद गरेर छोरासँग विहे
एजेन्सी । अहिले एउटा समाचार सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक रुसी महिलाले आफ्ना श्रीमानलाई डिभोर्स दिएर आफ्नै सौतेनी छोरासँग विवाह गरेकी छन् । यो घटना रुसको मस्कोको हो। महिला रुसी ब्लगर हुन् । उनको नाम मरीना बलमशेबा रहेको छ । उनले गत वर्ष श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर आफ्ना सौतेनी छोरा भ्लादिमिर शेवरनसँग विवाह गरेकी हुन्।

३५ वर्षीया मरीना बलमशेवाले श्रीमान एलेक्सी ऐरेसँग २००७ मा विवाह गरेकी थिइन् । उनले यसअघि नै ४ जना सौतेनी छोराछोरीलाई काख लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस