सोमबार थपिए ३ हजार ४५१ कोरोना संक्रमित, कतिले गुमाए ज्यान ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ कोरोना संक्रमित थपिएका छन् । १० हजार ९३ पीसीआर २ हजार ५६६ र ५ हजार ५१८ एन्टिजेन परीक्षणबाट ८८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।

यस्तै आज २ हजार ४५८ जना निको भएका छन् । ७९५ जनाको आइसीयुमा उपचार भइरहेको छ भने १८७ जना भेन्टिलेटरमा छन् । ४०२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित संख्या ३९ हजार ३७१ रहेको छ, जसमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

ब्राउन राइसका फाइदा
स्वस्थ्य रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ। हामी के खाँदैछौ भन्ने विषयमा सचेत रहनुपर्छ । किनभने हामीले खाने हरेक खानेकुराले शरीरमा फाइदा की त बेफाइदा गर्दछ । स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि आउँछ । अहिले धेरैजसो मानिसले ब्राउन राइस खान थालेका छन् । ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकी यो कम प्रशोधित हुन्छ । सामान्यतया सेतो चामल बनाउन धेरै प्रशोधन गरिन्छ ।

ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन् । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाईन्छ । सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ । ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ। ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सियमको राम्रो स्रोत हो ।

यी पौष्टिक तत्वका साथै यसमा म्यागनीज पनि प्रचुर मात्रामा पाईन्छ। ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, माशंपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ । ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा गर्छ । विशेषज्ञका अनुसार नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ ।

ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ । ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ । ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ । सेतो चामलको सट्टा ब्राउन राइसको सेवन शरीरको तौल कर्म गर्नेका लागि फाइदाजनक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस