पहिलो मात्रा लगाएपछि काेराेना संक्रमण देखिए खोप काम नलाग्ने हुन्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा लगाएपछि कोभिड संक्रमण देखिएपनि खोपको पहिलो मात्रा दोहोर्याएर लगाउनु नपर्ने जानकारी दिएको छ । खोपबारे अन्यौलमा रहेका नागरिकलाई जानकारी दिँदै मन्त्रालयले खोपको पहिलो मात्रा लगाएपछि कोभिड देखिएपनि पहिलो मात्रा दोहोर्याएर लगाउनु नपर्ने बताएको छ ।

मन्त्रालय दिएको जानकारी अनुसार यदि खोपको पहिलो मात्रा लगाइएको छ र त्यसको केही समयपछि कोभिड पोजेटिभ देखियो भने संक्रमणमुक्त भएको कम्तीमा ३० दिनपछि दोस्रो मात्रा लगाए पुग्छ । ‘खोप लगाएको दुई हप्तापछि मात्रै खोपले सुरक्षा प्रदान गर्दछ । पूर्ण रुपले सुरक्षित हुन खोपको पुरै मात्रा लिनुपर्छ । पहिलो मात्रा लगाएको छोटो समयमा संक्रमित भएमा पहिलो मात्रा दोहोर्याएर लगाउनु पर्दैन । संक्रमणमुक्त भएको कम्तीमा ३० दिनपछि दोस्रो मात्रा लगाउनुपर्दछ’, मन्त्रालयको भनाइ छ ।

यस्तै संक्रमित अवस्थामा खोप लगाउन जाँदा खोप केन्द्रमा भएका अरुलाई पनि संक्रमण सर्न सक्ने सम्भावना रहने भन्दै मन्त्रालयले कोरोना संक्रमित भएको अवस्थामा भने खोप नलगाउन पनि सुझाएको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस