७४ वर्षकी महिलाले गरिन् गोरुसँग बिहे, यस्तो छ कारण

एजेन्सी । कम्बोडियाकि एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेकि छिन् । उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् । उसलाई खुवाउँछिन्, प्रेम गर्छिन् र ओछ्यानमा समेत आफूसँगै सुताउँछिन् । खिम ह्यांग नामकि ती महिला अहिले निकै चर्चामा छिन् । उनको घरमा पनि रमितेहरुको भिड लाग्छ । उनी र उनको नयाँ लोग्ने अर्थात् गाेरु हेर्न मानिसहरुकाे ताँती लाग्ने गरेकाे छ ।

महिलाले गोरुसँग बिहे गर्नु याे अनाैठाे घटना हाे, विश्वास गर्न निकै मुश्किल छ । तर खिम ह्यांग भने उक्त बाच्छो आफ्नो साँच्चीकै लोग्ने भएको बताउँछिन् । यसअघि मृत्यु भइसकेका आफ्ना पति टोल खुतले सो बाच्छोको रुपमा पुनर्जन्म लिएको उनको दाबी छ । खिमका अनुसार एकदिन उनका मृत पतिको आत्मा उनको नजिक आएर आफु मृतक पति टोल खूत भएको बताएछन् । त्यसपछि तत्कालै उक्त गाइको बाच्छो खिमको नजिक आयो र उनको कपाल चाट्न लाग्यो । साथै उनको गर्धनमा पनि चाट्यो ।

खिमका अनुसार त्यो बाच्छो ठ्याक्कै उस्तै प्रकारले सिँढी उक्लिने गर्छ जसरी उनका पति टोल खूत सिँढी चढ्दथे । त्यस पश्चात उनले उक्त बाच्छोसँग बिहे गरेर आफ्नै पतिको रुपमा स्विकार गरिन् । आफ्नो पति बस्ने कोठामै राख्न थालिन् । खिमले उक्त बाच्छोलाई आफ्नो पति मानेपनि उनका छोराछोरीहरुले चाहीँ गोरुलाई आफ्नो बाउ मान्न तयार छैनन् ।

महिनावारी हुँदा यी कुरामा ख्याल गरौं
महिनावारी हुँदाको क्षण कुनै पनि महिलाका लागि प्रीतिकर हुँदैन । किनकी, यतिबेला पेट दुख्न सक्छ भने महिलालाई सरसफाइमा अतिरिक्त ध्यान दिनुपर्ने बाध्यता हुन्छ । महिनावारी भएको बेला महिलाले हरियो सागपात, मौसमी फलफूल, पानी र अन्य झोल पदार्थ अन्य अवस्थामा भन्दा बढी खानुपर्छ। यसमा एक ग्लास तातो दूध थपियो भने अझ राम्रो हुन्छ। महिनावारी भएको बेला चिल्लोचाप्लो र मसलादार खाना नखानु नै राम्रो हुन्छ। नियमित व्यायाम गर्ने बानी भएका महिलाले पनि महिनावारी भएको समयमा व्यायाम नगर्ने गरेका छन्। तर, महिनावारी भएको बेलामा व्यायाम अझ बढी आवश्यक हुन्छ। महिनावारी हुँदा पेट सुनिनेलगायत समस्यालाई कसरत र आठ घण्टाको गहिरो निद्राले घटाउने गर्छ ।

यस्तै महिनावारी भएको बेला सरसफाइमा बढी ध्यान दिनुपर्छ। हरेक चार/पाँच घण्टामा स्यानिटरी प्याड बदल्ने गर्नुपर्छ। प्याड बदल्नुअघि र बदलिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ। दिनमा दुई/तीन पटक पेन्टी फेर्नु राम्रो हुन्छ।टाइट र फिटिङ पहिरन महिनावारी भएको बेला लगाउनु हुँदैन । महिनावारी भएको बखत शरीर त्यसै असहज भएको हुन्छ। टाइट र फिटिङ पहिरनले यसलाई थप असहज बनाउँछ। चहकिलो रङको कपडा लगायो भने मन प्रसन्न हुने र सकारात्मक सोच आउने भएकाले यस्तै कपडा लगाउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस