अफगानिस्तानमा बनेको पहिलो हिन्दी चलचित्र, जसका लागि उठाइएकाे थियाे यतिसम्म जाेखिम

काठमाडौं । अफगानिस्तान अहिले तालिबानको नियन्त्रणमा छ । अफगानिस्तान एक समय पर्यटकले भरिने गथ्र्यो । यहाँका प्राकृतिक मनोरम दृश्यबाट प्राभावित भएर धेरै निर्देशकहरुले चलचित्र सुटिङ्गको जोखिम उठाएका थिए ।

अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी चलचित्र धर्मात्मा थियो । ४६ वर्ष पहिलो १९७५ मा रिलिज भएको यो चलचित्र फिरोज खानले बनाएका थिए । चलचित्रमा अफगानिस्तानका राम्रा ठाउँहरु देखाइएका थिए । चलचित्रको एउटा गीत त्यहाँको बामिया बुद्धाज भन्ने ठाउँमा सुटिङ भएको थियो । यद्यपी पछि तालिबानले अमेरिकी सेनालाई सबक सिकाउनका लागि बुद्धको प्रतिमा नै ध्वस्त पारिदिएका थिए ।

यस्तै एजेन्ट विनोद, जानशी, तोरबाज, काबुल एक्सप्रेस, खुदा गवाह लगायतका चलचित्रका केही सिनहरु पनि अफगानिस्तानमा खिचिएको थियो ।

२००६ मा रिलिज भएको काबुल एक्सप्रेसको सुटिङका क्रममा चलचित्र निर्देशक कविर खानले त्यहाँको सुटिङ अनुभव सेयर गरेका थिए । उनका अनुसार सो चलचित्रको कास्ट र क्रू लाई तालिबानले धम्की दिएको थियो । फिल्ममा अफगानिस्तानका हनिफले पनि एक रोल प्ले गरेका थिए । जसलाई तालिबानले अपहरण गरी पिटेको थियो । यस फिल्म बनाउने क्रममा अफगान सरकारले कडा सुरक्षाको व्यवस्था गरेको थियो ।

भारतले अफगानिस्तानमा रहेका राजदूत र दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने
एजेन्सी । भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका राजदूत र दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले अफगानिस्तानको काबुलमा रहेका भारतीय राजदूत र दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन् । समाचार एजेन्सी एएनआईले गृहमन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै अफगानिस्तानमा भएको परिवर्तनका कारण भारतीय गृहमन्त्रालयले भिसा प्रावधानमा तुरुन्तै परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ ।

भारत फर्किनका लागि तुरुन्तै भिसा दिइने भएको छ । जसका लागि ‘ई–इमरजेन्सी एक्स भिसा’ को व्यवस्था गरिएको छ । यसअघि, भारतीय विदेश मन्त्री एस जयशंकरले भारतले लगातार काबुलमा भएका हिन्दु र सिख समुदायका नेताहरुलाई सम्पर्कमा ल्याउने र उनीहरुको सुरक्षाका लागि भारतले प्राथमिकता दिने बताउँदै आएका छन् । उनले अफगानिस्तानको सुरक्षा व्यवस्थालाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्न लागेको र उक्त बैठकमा भारतले चासो व्यक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस