दिर्घायु बचत योजना अन्तर्गत सानिमा बैंकले गर्याे १० लाख भुक्तानी

काठमाडौं । सानिमा बैंकले ‘सानिमा दिर्घायु बचत योजना’ अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला श्री हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो । बिमाको रकम अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले हिम प्रकाशकि श्रीमती तनमाया घर्तीपुनलाई  प्रदान गरे ।

मृतक हिम प्रकाशले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस