यसरी बन्छ हामीले खाने नुन

चीन । नुन विनाको खाना हामी कल्पनासम्म पनि गर्न सक्दैनौ । गुलियो खाएका दिन पनि हामीलाई नुन भएको खाने कुरा नखाइ हुँदैन । एक दिन नुन भएका खानेकुरा नखाइ बस्दा मात्रै पनि हामी कतिपयलाई रिंगटा चल्ने, कमजोरी महसुस हुने, ज्यान गल्ने हुन्छ । तपाईँ हामीले दैनिक रुपमा दाल, तरकारी अचारमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ त ?

कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले पूर्वी चीनको लियानयुङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसलाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको छ । तस्वीरमा नदीबाट संकलन गरेर ल्याएको नुनलाई गमबुट लगाएका चिनियाँ कामदारहरुले तह लगाइरहेको देख्न सकिन्छ । तस्वीरमा एक मजदुरले संकलित नुनका ठुलाठुला ढिकाहरुलाई डोजरले धुल्याइरहेको समेत देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस