अमेरिकाद्धारा तालिबान आतंकको निन्दा, स्थायी युद्धविरामको आग्रह

काबुल । अमेरिकाले अफगानिस्तानमा तालिबान आतंकको निन्दा गर्दै स्थायी युद्धविरामको आग्रह गरेको छ ।तालिबान विद्रोही लडाकुहरुले अफगानिस्तानको विभिन्न क्षेत्रहरुमा आक्रमण र कब्जा गरेपछि अमेरिकाले यसको निन्दा गरेको हो । तालिबानले विभिन्न क्षेत्र कब्जा गर्न गैर कानुनी रुपमा जरन्ज र शेबर्गन क्षेत्रहरुमा आक्रमण गरेको भन्दै अफगानिस्तानस्थित अमेरिकी दूतावासले निन्दा गरेको हो ।

तालिबानको बलपूर्बक लागू गर्ने नीति अस्वीकार्य रहेको भन्दै तालिबान दोहा शान्ति प्रक्रियाबारे वार्ताको विपरित गईरहेको दूतावासले बताएको छ । तालिबानले अफगानिस्तानमा सर्वसाधारणको हक अधिकार दमन गर्दै मानवीय संकट निम्त्याईरहेको अमेरिकी दूतावासको भनाई छ ।

स्थायी युद्धविरामद्धारा समावेशी राजनीतिक समाधानले समग्र अफगानिस्तानलाई हित हुने बताउँदै अमेरिकाले तालिबानलाई स्थायी युद्धविरामका लागि आग्रह गरेको छ । पछिल्लो समय तालिबानले अफगानिस्तानमा विभिन्न क्षेत्रहरुमा पकड जमाउँदै आएको छ । स्रोत बिजनेस स्टाण्डर्ड

प्रतिक्रिया दिनुहोस