अमेरिकामा मस्ति गर्दै तीन सुन्दरी…

‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन अमेरिका पुगेका ‘सुन्दरीहरू’ तीन मिस नेपालको जम्काभेट भएको छ lमलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन् ।सौन्दर्य प्रतियोगितामा निर्णायकको रूपमा सहभागी हुन अमेरिका पुगेका यी तीन सुन्दरी मध्य श्रृङ्खला चाहिँ अध्ययनको साथै प्रतियोगितामा सहभागी हुन अमेरिका गएकी हुन् lमलिना जोशी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी विजेता हुन्।साथै सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा २०१० र २०१८ कि मिस् नेपाल हुन् l


आज मंगलबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

भदौ १ गते । आज मंगलबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ads By Admana
यता चाँदीकाे मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस