कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, कति थपिए संक्रमित ?

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १० हजार ३५४ पुगेको छ । यस्तै आज ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ हजार ५६५ जनाको पीसीआर गर्दा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २९४ पुगेको छ ।

यस्तै आज एक हजार ९२९ जना संक्रमित निको भएका छन् । ३९ हजार ८७१ सक्रिय संक्रमित छन्, जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ४१५ जना छन् । ७९० जनाको आइसीयुमा उपचार भइरहेको छ भने १९१ जना भेन्टिलेटरमा छन् ।

No photo description available.

प्रतिक्रिया दिनुहोस