सर्वसाधारणका घरमा नपस्न र सामग्री नछुन लडा’कुहरुलाई तालिबान प्रवक्ताकाे निर्देशन

काठमाडौं : तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना ल’डा’कुहरुलाई सर्व साधारणको घरमा बिना अनुमति नपस्न र उनीहरुका कुनै पनि सामग्री नछुन निर्देशन दिएका छन् । तालिबान प्रवक्ता शाहीनले आफ्ना ल’डा’कुहरुलाई पुनः सर्व साधारणको जीवनमा दखल नदिन निर्देशन दिएका हुन्। सर्वसाधारणको सम्मानमा आँच आउने कुनै काम नगर्न उनले भनेका हुन्।

का’बुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। तर अरु क्षेत्रमा भने महिलाहरुलाई बु’र्खा लगाउन बा’ध्य पारेको तथा कु’टपि’ट गरेको खबर आइरहेका छन्। का’बुलकी एक बासिन्दा (विद्यार्थी) अइशा खुरामले सोमबार बिहान चर्को आवाज र गो,लीको आवाजसँगै उठेको ट्वीट गरेकी छन्। तालिबान ल’डा’कु जस्ता देखिने मानिसहरु घर घरमा गएर कार तथा अरु सामग्रीहरु लिन थालेको तर तालि’बान अधिकारीको आवाज सुने पछि भागेको उनले ट्वी’टमा उल्लेख गरेकी छन्।

यस्तै, तालि’बानले अफगानिस्तानको राज्य सत्ता क’ब्जा गरेसँगै त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उ’द्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षण लगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ । दूतावासले अफगानिस्तानस्थित सम्बद्ध रोजगारदाता संयुक्त राष्ट्रसंघ तथा अन्य कुटनीतिक नियोगहरुलाई आफ्नो नियोगमा कार्यरत रहेका नेपालीहरुलाई सुरक्षित घर फर्काउन सहजीकरण गरिदिनका लागि औपचारिक रुप मा अनुरोध गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस