पाकिस्तानमा महिलामाथि पितृसतात्मक उत्पीडन

खेबर पख्तुन्ख्वा । पाकिस्तानको खेबर पख्तुन्ख्वामा एक महिलासँग अवैध सम्बन्ध राखेको भन्दै आरोपीको पत्नीमाथि दुव्र्यवहार भएको छ ।खेबर पख्तुन्ख्वास्थितमा आफ्नो बहिनी सँग अवैध सम्बन्ध राखेको भन्दै तीन पुरुषहरुले आरोपीको पत्नीलाई वस्त्रहीन बनाएर दुव्र्यवहार गरेका छन् ।

अवैध सम्बन्ध राख्ने आरोपीको पत्नीमाथि भएको यस्तो दुव्र्यहारले पाकिस्तानमा पितृसतात्मक उत्पीडन दर्शाएको छ । आरोपीसँग बदला लिने नाममा तीन व्याक्तिहरुले आरोपीको श्रीमतीलाई दुव्र्यवहार गरेको हो । यो घटना बारे प्रहरीले समेत मुद्दा दर्ता गर्न हिच्किचाएको बताईएको छ ।

ती महिला विवाह भोजबाट फर्किरहेको बेला बीच बाटोमा तीन व्याक्तिहरुले उनीमाथि आक्रमण गरी वस्त्रहीन बनाएका थिए । पाकिस्तान दण्ड संहिता को धारा ३५४ मा महिलाको इज्जत र अस्मितामाथि हुने कुनै प्रकारको आक्रमणका दोषीलाई दुई बर्ष जेल सजाय र जरिवाना हुन सक्ने व्याबस्था छ । तर कानुन कार्यन्वयनको अभावका कारण पाकिस्तानमा महिलामाथि यस्ता पितृसतात्मक दुव्र्यवहार हुने गरेको छ । पाकिस्तानमा सन् २०१८ मा पनि सात जना व्याक्तिहरुले एक युवतीलाई वस्त्रहीन बनाएर दुव्र्यवहार गरेको घटना बाहिर आएको थियो । स्रोत डेलीहन्ट

 

प्रतिक्रिया दिनुहोस