के हो बाथ राेग, कसरी चिन्ने बाथ राेगलाई, जान्नै पर्ने यी कुराहरु (भिडियाे सहित) । डा। दिपा शाह; बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ।
बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो । सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो ।
गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ जसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ । बाँकि जानकारी तलकाे भिडियाे बाट लिन सक्नुहुनेछ:-