सुनको मूल्य लगातार वृद्धि, कति पुग्यो आज ? (मूल्यसहित)

काठमाडौं । केही सातायता लगातार घटेको सुनको मूल्य यो साता उकालो लागिरहेको छ । आज (बुधबार) पनि सुनको मूल्य बढेको छ । मंगलबार ९१ हजारमा कारोबार भएको छापावाल सुन आज २ सयले बढेर ९१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन ९० हजार ७ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन मंगलबार  ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे । चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार एक हजार २१० मा कारोबार भइरहेको चाँदीको मूल्य आज एक हजार २०५ तोकिएको महासंघले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट कोरोना सर्छ ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट नसर्ने स्पष्ट पारेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार लामखुट्टेको टोकाइले हालसम्म कोभिड १९ भाइरस सर्न सक्ने कुनैपनि प्रमाण भेटिएको छैन ।

‘कोभिड १९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाँछ्युँ गर्दा निस्कने थुक वा सिँगानका स–साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ’, मन्त्रालयको भनाइ छ । कोभिड संक्रमणबाट बच्न नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । कुनै सतह छोएपछि सेनिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने गर्नुपर्छ । साथै एकअर्कासँग भौतिक दुरी कायम गर्नुपर्छ ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेको अवस्था छ । सोमबार मात्रै देशभर ३ हजार ४५१ कोरोना संक्रमित थपिएका थिए भने ३५ जनाको मृत्यु भएको पुष्टि भएको थियो । सक्रिय संक्रमित संख्या ३९ हजार ३७१ रहेको छ, जसमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मंगलबारको अपडेट भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस