३५ वर्षीय विवाहित प्रेमिकाले गरिन् २२ वर्षीय प्रेमीको हत्या, यस्तो छ कारण

गुजरात । गुजरातको महीसागरमा एक विवाहित प्रेमिकाले चक्कु प्रहार गरी आफ्नो प्रेमीको हत्या गरेकी छिन् । ब्युटी पार्लर सञ्चालन गरेर बसेकी प्रेमिका अंकिता पट्टेलले झगडा हुँदा आवेशमा आएर पार्लरमा नै प्रेमिको हत्या गरेकी हुन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।

विवाहित अंकिताले महिला दिया ब्यूटी पार्लर चलाउँदै आएकि थिइन् । उनको दुई बच्चा छन् । विवाहिता उनको २२ वर्षीय अंशु चौधरीसँग प्रेम प्रसंग चलिरहेको थियो । बिहीबार अंशु चौधरी प्रेमिका अंकितालाई भेट्न पार्लर पुगेका थिए । तब उनीहरुबीच झगडा भयो । यसै क्रममा अंकिताले आफ्नो होस गुमाइन् र चक्कुले अंशुमाथि प्रहार गरिन् । गहिरो चोट लागेपछि युवकको त्यहीँ मृत्यु भएको खबर प्रहरील पायो र घटनास्थल पुगेर अंकितालाई नियन्त्रणमा लियो । प्रहरीले युवकको शव पोस्टमार्टमका लागि पठाएको छ ।

प्रहरीका अनुसार अंश राजस्थानका हुन् । उनी कामको शिलशिलामा महीसागरको लुणावाडा इलाकामा बस्थे । त्यहाँ अंकितासँग भेट भयो र अफयेर चल्यो । तर अंकिताले उसको हत्या किन गरिन्, प्रहरीले यसबारे सोधपुछ तथा छानविन गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रेमिकाको घरमा गाडिएको थियो शव, यसरी पायो प्रहरीले सुराक
एजेन्सी । भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एक युवकको शव कसैको घरको आँगन गाडिएको अवस्थामा फेला परेको छ । प्रहरीले आँगनमा गाडिएको शव उत्खनन् गरेर निकालेको हो । वास्तवमा युवकको हत्यापश्चात् उनको लाश उनैको प्रेमिकाको घरमा गाडिएको थियो । युवक पछिल्लो कयौँ दिनदेखि बेपत्ता थिए । उनको परिवारले प्रहरीमा उजुरी दिएपछि खोजतलास गर्ने क्रममा प्रेमिकाको आँगनमा गाडिएको अवस्थामा शव फेला परेको हो ।

उक्त घटना गाजियाबादको मुरादनगर क्षेत्रको हो । सुल्तानपुर गाउँमा बस्दै आएका २१ वर्षीय मुरसलीन ११ अगस्टदेखि बेपत्ता थिए । बेपत्ता भएको केही दिनपछि परिवारले नै खोजिरहेका थिए, नभेटिएपछि उनीहरुले १५ अगष्टमा मुरादनगर प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उजुरी पाएपछि प्रहरी मुसरीनको मोबाइल ट्रयास गर्दै एक कुल्फी व्यापारीसम्म पुग्यो ।

प्रहरीले ती व्यापारीसँग कडा सोधपुछ गर्दा ती व्यक्तिले उक्त मोबाइल एक युवतीले ५०० रुपैयाँमा बेरेर दिएको बताए । प्रहरीले जब युवतीको बारेमा सोधपुछ गर्यो, कुल्फीवालाले युवतीको घर लिएर गए । सोधपुछका क्रममा ती युवती मृतक युवकको प्रेमिका भएको पाइयो । उनीहरु विगत २ वर्षदेखि प्रेममा थिए ।

प्रहरी कडा रुपमा उत्रिएपछि ती युवतीले मुरसलीनको शव आफ्नो घरभित्र आँगनमा गाडेको बताइन् । जानकारी पाए लगतै प्रहरीले युवकको शव निकाल्यो, युवककी प्रेमिका र उनको परिवार पक्राउ परे । मुरसलीनको मृत्यु के कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि पत्ता लाग्ने प्रहरीले बताएका छन् । प्रहरीले ती युवती र उनका परिवारसँग सोधपुछ जारी राखेको छ । उनीहरुको अफेयर चलेको थाहा पाएपछि युवतीको परिवारले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस