आइसक्रीम पार्लरमा तालिबानी, यस्तो छ काबुलको ताजा अवस्था

पसलहरुमा भीड छ । सडकमा यातायात । सडक पार गरिरहेका मानिसहरु । अनि आइसक्रीम पार्लरमा तालिबान । यो तस्वीर अफगानिस्तानको हो, जहाँ केही दिन अघिदेखि तालिबानले कब्जा जमाएको छ । केही दिनको त्रासदीपछि अहिले अफगानिस्तानको राजधानी काबुलको स्थिति सामान्य हुँदैछ ।

तीन दिनसम्म डरको वातावरणपछि अहिले मानिसहरु बाहिर निस्कन थालेका छन् । पसलहरु खोलिएको छ । व्यापार व्यवसाय सुचारु हुन थालेका छन् । लामो समय घरमा बस्न सकिँदैन, पेट पाल्नका लागि व्यापार व्यवसायमा जुटेका हुन् मानिसहरु । यस्ता दृश्यहरु देख्दा त्यहाँको स्थिति सामान्य लाग्छ ।

काबुल

बजारमा भीड बढेको देख्न सकिन्छ । पसलहरु पहिले जस्तैगरी सजिएका छन् । तीन दिनको डर र आतंकपछि मानिसहरु बाध्यताले बजारतिर पसेका छन्, खाद्यान्न गरिद गर्न । सामान खरिद गर्न आएका महिलामा डर प्रष्टै देखिन्छ । भलै तालिबानसँग जोडिएका मानिसहरुले यो पटक महिलाहरुलाई अधिकार र सुरक्षा दिने कुरा गरेको छ, तर आफ्नो विगतका शासनमा तालिबानले महिलामाथि अत्याचार गरेको छ कि महिलाहरु यो कुराको विश्वास नै गर्न सक्दैनन् ।

काबुल

काबुलका पछिल्ला दृश्यहरु नियाल्दा केही दिनअघि यहाँ आतंक मच्चिएको थियो भन्न मुश्किल देखिन्छ । तर २० वर्ष पुरानो दुःखद् झड्का पनि भुल्न सकिँदैन । काबुल काबुल को प्रसिद्ध बर्ड स्ट्रीक छेउछाउतिर पनि पसलहरु खुलिसकेका छन् । यो चराहरुको एक प्रसिद्ध बजार हो । यद्यपी यहाँ मानिसहरु थोरै छन्, धेरै पसलहरु अझै पनि बन्द अवस्थामा देख्न सकिन्छ ।

काबुल

यो काबुलको एक आइसक्रीम पार्लरको तस्वीर हो । अफगानिस्तान कब्जा गरेपछि तालिबानी आतंककारी मोजमस्ती गरिरहेका छन् । टेबलमा हतियार राखेर उनीहरु आइसक्रीम पार्टी गरिरहेको तस्वीरमा देख्न सकिन्छ ।

काबुल

प्रतिक्रिया दिनुहोस