गुडिरहेको कारमा आगो लागेपछि….

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको वाराणसीमा गुडिरहेको कारमा आगो लागेको छ । आगो लागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बुधबार साँझ लंका प्रहरी कार्यालयको बीएचयू ट्रमा सेन्टर नजिकैको हो । आगो लागेपछि त्यहाँ मानिसहरुको भागदौड मच्चिएको थियो ।

कारको इञ्जन सर्ट भएर आगो लागेको हो । आगो लाग्नेबित्तिकै कारमा सवार मानिसहरु र ड्राइभरले तुरुन्तै निस्किएर आफ्नो ज्यान बचाए । इलाकाका मानिसहरुले पनि सहयोग गरे । पानीको पाइपमार्फत् आगो निभाउने कोसिस गरिएको थियो । धेरै प्रयासपछि बल्लतल्ल आगो नियन्त्रणमा आयो ।

प्रेमिकाको घरमा गाडिएको थियो शव, यसरी पायो प्रहरीले सुराक
एजेन्सी । भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एक युवकको शव कसैको घरको आँगन गाडिएको अवस्थामा फेला परेको छ । प्रहरीले आँगनमा गाडिएको शव उत्खनन् गरेर निकालेको हो । वास्तवमा युवकको हत्यापश्चात् उनको लाश उनैको प्रेमिकाको घरमा गाडिएको थियो । युवक पछिल्लो कयौँ दिनदेखि बेपत्ता थिए । उनको परिवारले प्रहरीमा उजुरी दिएपछि खोजतलास गर्ने क्रममा प्रेमिकाको आँगनमा गाडिएको अवस्थामा शव फेला परेको हो ।

उक्त घटना गाजियाबादको मुरादनगर क्षेत्रको हो । सुल्तानपुर गाउँमा बस्दै आएका २१ वर्षीय मुरसलीन ११ अगस्टदेखि बेपत्ता थिए । बेपत्ता भएको केही दिनपछि परिवारले नै खोजिरहेका थिए, नभेटिएपछि उनीहरुले १५ अगष्टमा मुरादनगर प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उजुरी पाएपछि प्रहरी मुसरीनको मोबाइल ट्रयास गर्दै एक कुल्फी व्यापारीसम्म पुग्यो ।

प्रहरीले ती व्यापारीसँग कडा सोधपुछ गर्दा ती व्यक्तिले उक्त मोबाइल एक युवतीले ५०० रुपैयाँमा बेरेर दिएको बताए । प्रहरीले जब युवतीको बारेमा सोधपुछ गर्यो, कुल्फीवालाले युवतीको घर लिएर गए । सोधपुछका क्रममा ती युवती मृतक युवकको प्रेमिका भएको पाइयो । उनीहरु विगत २ वर्षदेखि प्रेममा थिए ।

प्रहरी कडा रुपमा उत्रिएपछि ती युवतीले मुरसलीनको शव आफ्नो घरभित्र आँगनमा गाडेको बताइन् । जानकारी पाए लगतै प्रहरीले युवकको शव निकाल्यो, युवककी प्रेमिका र उनको परिवार पक्राउ परे । मुरसलीनको मृत्यु के कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि पत्ता लाग्ने प्रहरीले बताएका छन् । प्रहरीले ती युवती र उनका परिवारसँग सोधपुछ जारी राखेको छ । उनीहरुको अफेयर चलेको थाहा पाएपछि युवतीको परिवारले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस