स्वास्थ्यका दृष्टिकोणले कस्तो भित्रिवस्त्र लगाउनु उपयुक्त हुन्छ ?

एजेन्सी । महिलाले मात्रै हाेइन, पुरुषहरुले पनि भित्रि वस्त्र खरिद गर्दा ध्यान दिन आवश्यक छ । तर तुलनात्मक रुपमा पुरुषमाभन्दा महिलाको यौनांगमा बढी संक्रमणको समस्या देखिने भएकाले कपडा लगाउँदा र खरिद गर्दा बढी नै ध्यान दिन जोड दिइन्छ । त्यसैले यहाँ महिलाले प्रयोग गर्ने भित्री वस्त्रबारे जानकारी दिइएकाे छ ।

यौनांगमा प्रयोग गरिने पेन्टी नरम र आरामदायी हुनुपर्छ। हाम्रो शरीर फरक–फरक तरिकाले बनेको हुन्छ। शरीरका छालापनि अंगअनुसार फरक–फरक किसिमको हुन्छ। यौनांगमा नरम किसिमको छाला हुन्छ । अन्य अंगको तुलनामा यौनांग बढी नै संवेदनशिल हुने भएकाले कपडा लगाउँदा र किन्दा विशेष ख्याल राख्नुपर्ने हुन्छ। महिलाहरुले पेन्टी लगाउँदा यौनांगलाई असर नपर्ने खालको नरम र आरामदायी पेन्टी लगाउनुपर्छ ।

यौनांगमा संक्रमण हुने खतरा धेरै भएकाले महिलाले सफा पेन्टी लगाउन आवश्यक हुन्छ। महिलाहरुले पेन्टीलाई हरेक दिन फेर्नुपर्छ । हाम्रो समाजमा अझै पनि भित्रि वस्त्रका विषयलाई लाजका रुपमा हेरिन्छ । त्यसकारण धेरै महिलाहरुले पेन्टी तथा भित्रि वस्त्रलाई घाममा सुकाउँदैनन् । भित्र कोठामा वा घाम नपर्ने स्थानमा तथा अन्य कपडाले छोपेर यस्ता कपडा सुकाउँदा ती कपडामा फंगस पर्न सक्छ र ती कपडा लगाउँदा संक्रमण हुने डर हुन्छ । त्यसैले महिलाले भित्रि वस्त्रलाई घाममा सुकाउनु पर्छ ।

भित्री अंगमा लगाउने त हो कसले देख्छ र भन्दै जस्तो पायो त्यस्तै पेन्टी खरिद गर्ने बानी धेरैको हुनसक्छ । तर, पेन्टी खरिद गर्दा आफूलाई मिल्ने साइजको हेरेर मात्र खरिद गनुपर्छ। धेरैजस्तो महिला टिमिक्क परेको पेन्टी खरिद गर्न चाहन्छ । तर यस्ता खालको पेन्टीले छालामा असर पर्न सक्छ। असहज महसुस हुनसक्छ र लामा जलन पैदा हुनसक्छ । त्यसैले आफूलाई ठिक्क हुने खालको पेन्टी किनेर लगाउनुपछ कसैलाई बढी फिटिङ हुने खालको पेन्टी मनपर्न सक्छ । तर, लामो समयसम्म कसिलो पेन्टी प्रयोग गर्दा असर गर्छ । यदी तपाई केही समयको लागि टाइट खालको पेन्टी लगाउनु हुन्छ भने केही समयका लागि ठिकै हुन्छ । तर, ख्याल गर्नुहोस् यदी लामो समयसम्म टाइट पेन्टी प्रयोग गर्दा तपाईंको यौनांगको छालालाई असर पर्नसक्छ ।

यदी तपाईं सुतीको कपडाबाट बनेको पेन्टी खरिद गर्नुहुन्छ भने त्यो तपाईंको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ। सुतीको कपडा छालाको लागी उपयुक्त र आरामदायी हुन्छ । तर, धेरै महिलाहरु सुतीको कपडाबाट बनेको पेन्टी प्रयोग गर्न रुचाउदैनन् । अन्य कपडाबाट बनेको पेन्टीले तपाईंको यौनांगलाई असर पर्न सक्छ । अन्य कपडाबाट बनेको पेन्टी हेर्दा आकर्षक भएपनि त्यसले तपाईंको कोमल छालालाई असर पार्न सक्छ । त्यसैले सुतीको कपडाबाट बनेको पेन्टी प्रयोग गर्नु उपयुक्त हुन्छ।

जो महिला शारीरिक व्यायाम गर्छन्, उनीहरुले यस्तो खालको पेन्टी प्रयोग गर्नुपर्छ। कुनैकुनै पेन्टी प्रयोग गर्दा धेरै पसिना आउने तर नसोस्ने खालको हुनसक्छ । यस्तो खालको पेन्टी प्रयोग गर्दा पसिना एकत्रित भएर तपाईको छालालाई अझै असर पर्न सक्छ । महिलाहरुले पेन्टी खरिद गर्दा त्यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने हुन्छ। केहीलाई कपडाको एलर्जी समेत हुनसक्छ । त्यसकारण यस्ता कुरामा ख्याल गर्न आवश्यक छ । छाला पास्ने पेन्टी पनि लगाउनु हुँदैन । सम्भव भएसम्म सुतीको कपडाबाट बनेको पेन्टी प्रयोग गर्नु उपयुक्त हुन्छ। किनकी सुतीको कपडाबाट बनेको पेन्टीले पसिना सोस्छ । जसले गर्दा पसिनामा हुने ब्याक्टेरियाको कारणले हुने एलर्जी तथा जलन कम हुनबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस