यी १२ लक्षण, जसले गर्छ तपाईँको मृत्युको संकेत !

एजेन्सी । जीवन र मृत्यु रहस्यमयी छ । विभिन्न उपकरण बनाएका, मानवबारे अनुसन्धान गरेका वैज्ञानिकहरुले समेत जीवन र मृत्युबारे कुनै तथ्य पत्ता लगाउन सकेका छैनन्, जसकारण उनीहरु समेत मानव भन्दा माथि पनि कुनै अर्को शक्ति अर्थात् भगवान छन् भन्ने विश्वास गर्न बाध्य भएका छन् । कतिपय मानिसहरु धेरै आयुसम्म बाँचिरहन चाहन्छन्, त्यसैले उनीहरु मृत्युबाट चिन्तित हुन्छन् । यो स्वभाविक पनि हो ।

विज्ञानले मृत्युलाई रोक्न कयौं अध्ययन अनुसन्धान गरेपनि सफलता हात पारेको छैन । तर, भगवना शंकरसँग सम्बन्धित शिवपुराणमा मृत्यु हुनु अगाडिका संकेतका बारेमा उल्लेख गरिएको छ । शिवपुराणका अनुसार जुन मानिस ग्रहको दर्शन हुँदा पनि दिशाको बारेमा ज्ञान हुँदैन तथा मनमा बैचेनी छाइरहन्छ त्यो व्यक्तिको मृत्यु ६ महिनामा हुन्छ । जुन व्यक्तिलाई अचानक निलो झिंगा आएर घेर्छ उसको एक महिना भन्दा पनि कम हुन्छ ।

शिवपुराणमा उल्लेख गरिएको छ की जुन मनुष्यको शीरमाथि गिद्ध, काग अथवा सुगाा आएर बस्छ उसको एक महिना भित्र मृत्यु हुन्छ । यदी अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो छ अथवा रातो निशाना देखाउँछ त्यो व्यक्तिको मृत्यु ६ महिनाभित्र मृत्यु हुन्छ । यस्तै जुन व्यक्तिको मुख, कान, आँखा, जिब्रो लगायतका शरीरका अंगले सहि तरिकाले काम गर्न छाडे पनि ६ महिनामा मृत्यु हुन्छ ।

जुन मनुष्यले चन्द्रमा अथवा सूर्यका वरिपरी चम्किलो घेरा कालो या रातो देख्छ त्यो मनुष्यको मृत्यु १५ दिनभित्र हुन्छ । यस्तै कुनै मनुष्यको मुख र घाँटी पटक पटक सुख्खा हुन थाल्छ त्यो मानिसको ६ महिना भित्र मृत्यु हुने शिवपुराणमा उल्लेख गरिएको छ । जुन मानिसले आफ्नो छायाँमा टाउको देख्दैन अथवा छायाँ नै देख्दैन भने यस्ता मनुष्यको एक महिना भित्र मृत्यु हुन्छ । जब कुनै मनुष्यको बायाँ हात लगातार एक हप्ता सम्म भारी हुन्छ (अररो पार्छ) त्यो मनुष्य एक महिना भन्दा पनि कम मात्रै बाँच्छ ।

शिवपुराणका अनुसार जुन मनुष्यले ध्रुव तारा अथवा सूर्यमण्डलको पनि सहि रुपले हेर्न सक्दैन तथा रातमा इन्द्रधनुष र दिनमा उल्कापात भएको देख्छ साथै गिद्ध र कागले घेरिरहन्छ उसको आयु ६ महिना भन्दा बढी हुँदैन । जुन मनुष्यलाई सूर्य तथा चन्द्रमामा राहूको पीडा देखिन्छ त्यो मानिसको मृत्यु ६ महिना भित्र हुन्छ ।

शिवपुराणका अनुसार जुन व्यक्ति हरिणको पछाडि भएको शिकारीको भयानक आवाज चाँडै सुन्दैन उसको मृत्यु ६ महिना भित्र हुन्छ । यसैगरी जुन व्यक्तिले आगोको प्रकाश सहि रुपमा देख्दैन तथा चारै दिशा अँध्यारो देखिरहन्छ उसको पनि ६ महिना भित्र मृत्यु हुन्छ ।  यद्यपी उल्लेखित मृत्युका लक्षण वैज्ञानिक आधारमा छैनन् । यसर्थ उक्त लक्षण देखिन साथ मानिसको मृत्यु हुन्छ भन्ने पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस