विकिनीमा रमाउँदै अदिती

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा छिन् । चलचित्र ‘बाबरी क्याफे’ को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी नेपालमा कोरोनाको दोस्रो लहरका कारण चलचित्रको छायांकन रोकिएपछि मुम्बई गएकी हुन् । उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छिन्, बोल्ड तस्वीरहरु इन्स्टाग्राममा पोस्ट गरिरहेकी हुन्छिन् ।

पछिल्लाे समय मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् । अदितीको यी तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।

नायिका अदितीको इन्स्टामा १६ लाखभन्दा धेरै फलोअर्स छन् । उनले पोष्ट गरेको तस्वीरमा हजारौं लाइक र कमेन्ट आउँछन् । अदितीले नेपाली फिल्म ‘कृ’ की पछि मुम्बईमा रहँदा विभिन्न हिन्दी तथा पञ्जाबी भाषाका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् । केही वेब सिरीजमा समेत अभिनय गरेकी अदिती बलिउडका फिल्ममा डेब्यू गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस