अमेरिकामा बस्ने रहरमा १७ वर्षीय किशोर प्लेनबाट खसेपछि…

एजेन्सी । तालिबानले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तान विमानस्थलमा मानिसहरुको भीड छ । तालिबानको डरले अफगानी नागरिकहरुको भागदौड चलिरहेको छ । उनीहरु आफ्नो देशबाट भाग्ने कोसिस गरिरहेका छन् । सामाजिक सञ्जालमा एयरपोर्टका कयौँ भिडियोहरु भाइरल भइरहेका छन्, त्यो मध्ये एक हो ‘प्लेनबाट झरेको’ भिडियो ।

उक्त भिडियोमा अमेरिकी मिलिट्री प्लेनबाट एक युक झरेको देख्न सकिन्थ्यो । उक्त प्लेनबाट झर्नेमध्ये एक युवक १७ वर्षका थिए । उनी आफ्नो भाइसँग काबुल एयरपोर्टबाट भागेका थिए । अमेरिकी मिलिट्री प्लेनबाट झरेका ती युवकको शव परिवारले पाइसकेका छन् तर उनीहरुले उनको भाइबारे कुनै जानकारी प्राप्त गर्न सकेका छैनन् ।

वास्तवमा यी दुवै युवकले अफगानिस्तानबाट २० हजार मानिसहरु क्यानडा या अमेरिका जान पाउने कुरा सुनेका थिए । तालिबानी शासनबाट चिन्तित भएर उनीहरु आफ्नो भाग्य बदल्ने कोसिसमा एयरपोर्ट पुगेका थिए । एक न्युज पोर्टलका अनुसार ती युवकको परिवारका एक सदस्यका अनुसार उनी कसैलाई नभनी भागेका थिए ।

परिवारका सदस्यका अनुसार उनले आफ्नो पर्सनल आइडी निकालेर एयरपोर्ट गएका थिए । उनीहरु तालिबानी शासनमा रहन चाहँदैन थिए । अमेरिकी मिलिट्री पलेन जब काबुल एयरपोर्टबाट निस्कियो तब उनीहरु प्लेनमा जबरजस्ती चढे, भीडका कारण सो प्लेनबाट झरेर तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतक युवकका ६ भाइबहिनी छन् । भागेका उनीहरु उनीहरु सबैभन्दा ठुला थिए । अफगानिस्तानका युवाहरुले भलै १९९६ देखि १००१ सम्मको तालिबानी शासन नदेखेका हुन् तर उनीहरु यस कट्टरपन्थ संगठनले गरेका अत्याचारको जानकारी आफ्नो परिवारबाट प्राप्त गर्थे । त्यसैले उनीहरुमा पनि डर बढ्यो, जब तालिबानले २०२१ मा पुनः सत्ता कब्जा गर्यो । उनीहरु यो स्वतन्त्रता गुमाउन चाहँदैन थिए ।

प्रतिक्रिया दिनुहोस