अनलाइन कक्षाका लागि पहाड चढे विद्यार्थी, भीरबाट खसेर मृत्यु

ओडिसा । ओडिसाको सुदुर ग्रामिण र आदिवासी इलाकामा बस्दै आएका मानिसहरुका लागि स्मार्ट फोन किन्न र त्यसलाई रिचार्ज गर्न निकै कठिन छ । त्यहाँ नेटवर्क समेत टिप्दैन, जसकारण एक विद्यार्थीले ज्यान गुमाउनु परेको छ । एक १३ वर्षीय बालक अनलाइन कक्षाका लागि नेटवर्ककको खोजीमा हिँडेको थियो, अब ऊ कहिले पनि फर्केर आउन सक्दैन ।

घटना ओडिसाको रायगढको हो । कोरोनाका कारण स्कुल बन्द छ । बालबालिकालाई अनलाइन मार्फत् पढाइएको छ । तर यहाँ मोबाइल नेटवर्क निकै कमजोर छ ।  १३ वर्षीय बालक अदिर गगराना सावन्ती ७ कक्षाका विद्यार्थी थिए । उनी अनलाइन कक्षा पढ्नका लागि दिनहुँ पहाड चढ्थे । उचाइका कारण त्यहाँ नेटवर्क सजिलै टिप्थ्यो त्यसैले ती बालक सधैँ त्यहाँ जान्थे पढ्न ।

ओडिसा इलाकामा पछिल्लो केही दिनदेखि लगातार पानी परिरहेको थियो । यसका कारण चट्टान चिप्लो बनेको थियो । मंगलबार साँझ ५ बजे क्लास लिन गएका अदिरको सन्तुलन बिग्रियो, उनी पहाडको एक पथ्थरबाट चिप्लिएर लडे । उनलाई गम्भीर चोट लाग्यो । घटनाको जानकारी पाएपछि परिवारले स्थानीय स्वास्थ्य केन्द्रमा लिएर गए । त्यहाँ प्राथमिक उपचार त भयो तर उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । डाक्टरले अदिरलाई बेहरामपुरको एमकेसीजी अस्पताल रिफर गरिदिए । तर अस्पताल जाने क्रममा बाटोमा नै उनको मृत्यु भयो ।

कोभिड निको भइसकेकाले खोप लगाउनुपर्छ ?
काठमाडौं । कोभिड संक्रमण भएर निको भइसकेको अवस्थामा पनि खोप अनिवार्य लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक पटक कोभिड लागिसकेको व्यक्तिले कोभिड १९ विरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक फरक हुन्छ । र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि यकिन गर्न सकिएको छैन । त्यसैले कोभिड लागेर निको भएको एक महिनापछि आफ्नो पालो आएपछि खोप लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस