यस्ता बिरामीले खानुहुँदैन अनार, झन् बढाउँछ रोग

एजेन्सी । अनारमा भरपुर फाइबर हुन्छ । फलफुलमध्ये अनार शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि निकै राम्रो स्रोत मानिन्छ । साथै यसले तौल कम गर्न पनि मद्दत गर्छ । अनार विशेषगरी बिहान अनार खानु निकै फाइदाजनक हुन्छ । यसमा हुने सुगर र भिटामिनले दिनभर उर्जा प्रदान गर्छ । त्यसैले बिहान ब्रेकफास्टमा अनार खानुपर्छ । स्वास्थ्यका लागि निकै लाभदायी मानिने अनार यस्ता व्यक्ति तथा बिरामीहरूका लागि भने हानिकारक हुन सक्छ ।

एलर्जी : एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन । यसले एलर्जीको समस्या झन् बढाउँछ । शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ।

न्यून रक्तचाप : रक्तचाप कम (लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अनार चिसो हुने भएकाले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ । जसले ‘बिपी फल’ गराउँन सक्छ । यसका साथै, अनारमा हुने तत्वले न्यून रक्तचापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ ।

खोकी, इन्फ्लुयन्जा, कब्जियत र ग्याष्ट्रिक : चिसो फल भएकाले अनारले खोकी र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ । अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ । अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ ।मानसिक समस्या  यदि तपाईं मानसिक समस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ । किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ । र दिमागको नसा चिसो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस