६ वर्षसम्म बच्चा नभएपछि देवरसँग सुत्न दबाब दिन्थे श्रीमान्, एकदिन अचानक…

राजस्थान । ६ वर्षसम्म एक विवाहित महिलाको सन्तान भएन । घरकाले देवरसँग सम्बन्ध बनाउन दबाब दिन थाले । पतिले सधैँ मानसिक र शारीरिक टर्चर दिन्थे, प्राइभेट पार्टमा चकु समेत हालिदिन्थे । यो घटना राजस्थानको बाडमेर जिल्लाको हो । त्यहाँका ग्रामीण इलाकामा आज पनि महिलाहरु सन्तान नहुँदा टर्चर सहेर बसिरहेका छन् ।

पीडित युवतीको बयान अनुसार उनको विवाह ६ वर्षअघि भएको थियो । पछि श्रीमानको परिवारले दाइजो ल्याएन भनेर कुटपिट गर्थे । जब तीन, चार वर्ष पुग्यो विवाहको तब फेरि बच्चा भएन भने उत्पीडन हुन थाल्यो । उनीमाथि विभिन्न बहानामा हिंसा हुन थाल्यो । उनले यसबारेमा धेरै जनासँग कुरा गरिन् तर कसैले सुनेन उनको पीडा । त्यसपछि उनी माइती गइन् र पछि पुनः आफ्नो घर फर्किइन् । तर त्यहाँ हिंसाको शिलशिला रोकिएन ।

पीडित युवतीले बताए अनुसार एक दिन पहिले मात्र राति उनी आफ्नो कोठामा सुतिरहेकी थिइन्, तब देवरले बलात्कार प्रयास गरे । यति मात्रै होइन, ती देवरले उनको प्राइभेट पार्टमा चकु समेत हालिदिए । त्यहाँबाट उनी बल्लतल्ल उम्किएर आफ्नो भाइकहाँ पुगिन् । उनलाई चौहटन प्रहरीमाथि भरोसा भएन, त्यसैले उनले बुधबार आफ्नो कहानी प्रहरी उपरीक्षकलाई सुनाइन् ।

पीडित युवतीसँगको कुराकानीपछि प्रहरी उपरीक्षक आनन्द शर्माले महिला प्रहरी कार्यालयमा केस दर्ता गर्न आदेश दिएको बताए । साथै मेडिकल चेकअप गराउन पनि आदेश दिइएको उनले जानकारी दिए । छिट्टै नै यस घटनाका आरोपीलाई पक्राउ गरिने उनले आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस