ढाड दुख्ने समस्या छ ? छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपाय

एजेन्सी । लामो समयसम्म कम्प्युटरमा काम गर्ने, एकै ठाउँमा लामो समयसम्म बसिरहने, व्यायाम नगर्ने जस्ता विभिन्न कारणले ढाड दुख्ने समस्या आउँछ । ढाड दुखाइका कारण काममा बाधा पुग्ने र सामान्य दैनिक जीवनयापनमा समेत समस्या आउने भएकाले यो समस्यालाई चिन्ताजनक अवस्थामा पुग्न नपाउँदै घरेलु उपचारबाट राहत पाउन सकिन्छ ।

शारीरिक गतिविधि र शारीरिक कसरतका कामहरु नहुँदा ढाड दुख्ने समस्या धेरै हुने गर्छ । भारतकी न्यूट्रिशनिस्ट पूजा मखीजाका अनुसार ढाड दुख्ने समस्या दैनिक जीवनमा गर्ने कार्यहरुसँग जोडिएको हुन्छ । यसका साथै, भोकै रहने बानीले पनि शरीरमा क्यालोरीको मात्रा घटाउने र उर्जा कम हुन्छ । शरीरलाई उर्जा प्रदान गर्ने तत्वको कमि हुँदा पनि ढाडमा समस्या आउँछ । यसले गर्दा भोक मांसपेशीलाई नोक्सान पुग्छ । यसले मेरुदण्डमा दबाब पैदा गर्छ । मेरुदण्डमा धेरै असर पर्ने कारण ढाड दुख्ने समस्या आउँछ ।

भिटामिन डीको कमिका कारण पनि ढाड दुख्ने समस्या आउने गर्छ । यसको लागि भिटामिन डीको मात्रा परीक्षण गर्नुपर्छ । यस्तो समस्यामा कालो तिल दुई चम्चा खाने गर्नुपर्छ । कालो तिलले शरीरमा क्याल्शियमलाई सोस्ने शक्तिमा सुधार ल्याउँछ । यसले हड्डीहरु स्वस्थ रहन मद्दत पुग्छ । यसका साथै, शारीरिक रुपमा सक्रिय रहँदा पनि यसको समस्या कम हुन्छ । सधैँ एउटै पोजिशनमा नबस्ने, हिँडडुल गर्ने जस्ता कार्यले यस्तो समस्याबाट राहत पाउन सकिन्छ ।

गर्भनिरोधक औषधी खाँदा महिलाको तौल बढ्छ ? यसाे भन्छन् चिकित्सक
एजेन्सी । गर्भनिरोधको जिम्मेवारी विशेषगरी महिलाकै हुन्छ । यसकारण अनावश्यक गर्भबाट रोक्नका लागि पिल्स खान्छन् । लगातार इमर्जेन्सी पिल्स खाएपछि महिला आफूमा परिवर्तन महसुस गर्छन् । यसमा अचानक तौल बढ्नु पनि एक हो । महिलाका लागि योभन्दा ठूलो कुरा के होला । त्यसो भए के पिल्सले तपाईंको तौलमा वृद्धि गरिरहेको छ ?

होइन । गर्भनिरोध औषधी दुई प्रकारका हुन्छन् । एउटा हुन्छ कम्बिनेशन पिल । यसमा एस्ट्रोजेन र प्रोजेसटिन दुई प्रकारका हर्मोन हुन्छन् । अर्को हुन्छ मिनिपिल । यसमा प्रोजेसटिन मात्र हुन्छ । तपाईंको पिलमा के छ, त्यसबारे खोललाई पल्टाएर पढ्नसक्नुहुन्छ । वास्तविकता यो हो कि यी दुबै पिल्सले तौल बढाउँदैन ।

एक चर्चित जर्नल छ, ‘द जर्नल अफ विमिन्स हेल्थ’ । यसमा एक अनुसन्धान छापेको थियो । अत्यधिक तौल भएका महिलामाथि इमर्जेन्सी पिल्सबारे परीक्षण गरियो । जब नतिजा प्रकाशित भयो तब उनीहरुको तौलमा पिल्सको कुनै सम्बन्ध देखिएन । सन् २०१७ मा पनि ४५ शोध गर्भनिरोधसम्बन्धि छापिएको थियो । यी शोधले पनि पिल्सले तौल बढ्दैन भन्ने निष्कर्ष निकालेको छ ।

यसबारे भारतकी डाक्टर अनुराधा शर्माले जानकारी दिएकी छिन् । उनी फोर्टिस अस्पताल, मुम्बईमा स्त्रीरोग विशेषज्ञ हुन् । ‘हो, धेरै महिलाले यही प्रश्न मलाई सोध्छन् । उनीहरुलाई लाग्छ कि गर्भनिरोधक पिल्स खाँदा उनीहरुको तौल बढ्छ र यसको बिकल्पमा के गर्ने,’ उनी भन्छिन् -‘जब तपाईं पहिलो पटक यो पिल्स खान सुरु गर्नुहुन्छ तब तपाईंको शरिरमा केही हर्मोनल परिवर्तन हुन्छन् जस्तै तपाईंको स्तन संवेदनशील हुन्छन् र ती सुन्निन्छन् । यो स्तनको तन्तुमा परिवर्तनका कारण हुन्छ जसका कारण तन्तुमा वाटर रिटेन्शन हुन्छ र तपाईंको स्तनको आकारमा वृद्धि हुन्छ । यसलाई महिलाले तौल बढेको सम्झन्छन् ।’

प्रतिक्रिया दिनुहोस