दीपिकालाई नोकरको व्यवहार गर्छन् शोएबको परिवार !

एजेन्सी । ‘ससुराल सिमरका’ जस्तो चर्चित टेलिभिजन शो मा काम गरेकी टिभी एक्ट्रेस दीपिका कक्कडलाई शोएब इब्राहिमको परिवारले नोकरलाई जस्तो व्यवहार गरेको खबर बाहिरिएको छ । यद्यपी दीपिकाले भने यो गलत भएको दाबी गरेकी छिन् । दीपिका प्राय सामाजिक सञ्जाल प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाको जवाफ दिने गर्छिन् । उनका श्रीमान् शोएब पनि असभ्य कुरा गर्नेको मुख बन्द गराइदिन्छन् ।

यो पटक पनि भारतकी अब्बल कलाकार दीपिकाले नकारात्मक प्रतिक्रिया राख्नेलाई कडा जवाफ दिएकी छिन् । बुधबार दीपिका र शोएबले लाइभ सेसन गरेका थिए । जहाँ केही मानिसहरुले दीपिकालाई नोकरको व्यवहार गरेको शोएबमाथि आरोप लगाए । सिरियलमा परफेक्ट बुहारीको भूमिका निभाउने दीपिकाले रियल लाइफ पनि उस्तै व्यवहार देखाउँदै उनले घर र कामलाई सन्तुलनमा राखेकोमा आफूलाई गर्व महसुस हुने बताइन् ।

पछिल्लो समय शोएबका पीतालाई ब्रेन स्ट्रोक भएको थियो । उनी ३ हप्तासम्म अस्पतालमा थिए । पीता घर आएपश्चात् दुवैले आफ्नो रुम पितालाई दिएका थिए र शोएब र दीपिका गेस्ट रुममा सरेका थिए । यसैकारण शोएबमाथि उक्त आरोप लागेको हो । उक्त आरोपको खण्डन गर्दै दीपिकाले भनेकी छिन् – ‘यस्तो कठिन समयमा पनि सामान्य कुरालाई लिएर हामीलाई ट्रोल गरिएको छ । मेरो सासु सुसुरा मलाई छोरीको व्यवहार गर्नुहुन्छ । म आफ्नो अभिभावकको जस्तैगरी उहाँहरुको हेरचाह गर्छु, प्रेम गर्छु । यदि यसको लागि हामी कार या सडकमा सुत्नु परेपनि तयार छौँ । तपाईँहरु चिन्ता जताइरहनु भएको छ भने जानुस्, मलाई यस्तो केयर चाहिँदैन ।’

दीपिका र शोएब एकअर्कालाई निकै प्रेम गर्छन् । दुवैको जोडी निकै रुचाइएको छ । उनीहरु युट्युबमा भ्लग पनि बनाइरहेका हुन्छन् । अहिले दीपिका टेलिभिजनमा सक्रिय छैनन्, उनी आराम गरिरहेकी छिन् । दुवैले एक अर्काको निकै हेरचाह गर्छन्, जुन उनीहरुले बनाएको भ्लगमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस