पखालेर खानुहुँदैन कुखुराकाे मासु, देखिन्छ यस्तो स्वास्थ्य समस्या

काठमाडौं । बाहिर पसलमा धुलो परेको हुन सक्ने अनुमानमा हामी धेरैले सागसब्जी मात्रै होइन मासु पनि पखालेर पकाउने गरेका छौँ । नपखाली खाँदा असहज महसुस हुन्छ । तर कुखुराको मासु पकाउनुभन्दा अघि पखालेर खाँदा फुड पोइजनिङको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ। कुखुराको मासुलाई पखालेर पकाउँदा क्याम्पी लोबाक्टर ब्याकटेरियाको संक्रमण हुने अध्ययनमा उल्लेख छ ।

कुखुराको मासुलाई पानीले धुँदा मानिसको हातमा, काम गर्ने ठाउँमा, लुगामा अनि खाना पकाउने भाँडामा ब्याकटेरिया फैलन सक्छ । क्याम्पी लोबाक्टर ब्याकटेरियाले फुड पोइजन गराउन सक्छन् । यो ब्याकटेरिया बेलायतमा फुड पोइजन गराउने कारण मध्ये एक हो । धेरै जसो यो ब्याकटेरियाको इन्फेक्सन पोल्ट्रीबाट नै आउने गर्छ । बेलायतमा बेचिने ५० प्रतिशत कुखुरामा यो ब्याकटेरिया हुने गर्दछ ।

क्याम्पी लोब्याकटर ब्याकटेरियाको फुड पोइजनिङले पेट दुख्ने, उच्च झाडापखाला तथा कहिलेकाहीँ २ दिन या ५ दिनको बीचमा बान्ता पनि गराउन सक्छ ।

ब्याकटेरियाबाट बच्न  कुखुराको मासुलाई एकछिन छोपेर यत्तिकै रहन दिनु उत्तम हुन्छ । कुखुराको मासुलाई छोप्नुस् र केही समय फ्रिजको तल्लो भागमा राख्नुस् ताकी कुखुरामा रहेको रस अरु खानामा परेर संक्रमण नगराओस् ।ब्याकटेरिया कुखुराको मासुमा छ भने पकाएर जान्छ । क्याम्पी लोबाक्टर समेत पाक्छ। पकाउनु अघि पखाल्दा ब्याक्टेरिया झन् फैलिन सक्छन् । त्यसैले मासु पखाल्नु हुँदैन ।

कुखुराको मासु बनाउँदा सबै भाँडाहरु सफासँग धोइनुपर्छ, त्यसैगरी चपिङ बोर्ड अनि पकाउने एरिया सफा हुनुपर्छ । मासु छोइसकेपछि हात राम्ररी साबुनले पखालेर धुनुपर्छ। तातो पानीले हात धुनु राम्रो हुन्छ । यसले क्याम्पी लोब्याक्टर फैलिन बाट बचाउँछ । मासुलाई राम्रोसँग पकाउनु पर्छ । एक सय डिग्री सेल्सियसमा पकाउनु उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस