सारा अली खानको काटियो नाक !

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानको नाक काटिएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेकी छिन्, जसमा उनको नाक काटिएको देख्न सकिन्छ । नाकमा उनले कटन राखेकी छिन् । भिडियोमा साराले आफ्नो आमा बुवा अमृता सिंह, सैफ अली खान र भाइ इब्राहिमसँग माफी समेत मागेकी छिन् । भिडियो पोष्ट गर्दै उनले हाँस्यास्पद क्याप्सन राखेकी छिन् ।

साराले लेखेकी छिन् – ‘सरी आमा बुवा । नाक काटेँ मैले ।’ साराको अनुहारमा कुनै हानी पुगेको छैन तर नाकमा निकै गहिरो चोट लागेको देख्न सकिन्छ । घाउबाट रगत पनि बगिरहेको छ । साराको यो भिडियो देखेपछि फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित छन् । के भएको हो ? भनेर लगातार सोधिरहेका छन् ।

साराले चलचित्र क्षेत्रमा ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । सो चलचित्रमा उनी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग देखिएकी थिइन् । चलचित्र २०१८ मा रिलिज भएको थियो । यसपछि साराको अर्को फिल्म ‘सिम्बा’ पनि सोही महिना रिलिज भएको थियो । यो चलचित्रमा उनी रणवीर सिंहसँग देखिएकी थिइन् । सारा अब छिट्टै अक्षय कुमारको चलचित्र ‘अतरंगी’ मा देखिँदै छिन् । उक्त चलचित्रको निर्देशन आनन्द एल रायले गरेका छन् । चलचित्रको सुटिङ मार्च महिनामै पुरा भइसकेको छ । लकडाउनका कारण यो चलचित्र सुटिङका लागि पुरै एक वर्ष लाग्यो ।

दीपिकालाई नोकरको व्यवहार गर्छन् शोएबको परिवार !
एजेन्सी । ‘ससुराल सिमरका’ जस्तो चर्चित टेलिभिजन शो मा काम गरेकी टिभी एक्ट्रेस दीपिका कक्कडलाई शोएब इब्राहिमको परिवारले नोकरलाई जस्तो व्यवहार गरेको खबर बाहिरिएको छ । यद्यपी दीपिकाले भने यो गलत भएको दाबी गरेकी छिन् । दीपिका प्राय सामाजिक सञ्जाल प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाको जवाफ दिने गर्छिन् । उनका श्रीमान् शोएब पनि असभ्य कुरा गर्नेको मुख बन्द गराइदिन्छन् ।

यो पटक पनि भारतकी अब्बल कलाकार दीपिकाले नकारात्मक प्रतिक्रिया राख्नेलाई कडा जवाफ दिएकी छिन् । बुधबार दीपिका र शोएबले लाइभ सेसन गरेका थिए । जहाँ केही मानिसहरुले दीपिकालाई नोकरको व्यवहार गरेको शोएबमाथि आरोप लगाए । सिरियलमा परफेक्ट बुहारीको भूमिका निभाउने दीपिकाले रियल लाइफ पनि उस्तै व्यवहार देखाउँदै उनले घर र कामलाई सन्तुलनमा राखेकोमा आफूलाई गर्व महसुस हुने बताइन् ।

पछिल्लो समय शोएबका पीतालाई ब्रेन स्ट्रोक भएको थियो । उनी ३ हप्तासम्म अस्पतालमा थिए । पीता घर आएपश्चात् दुवैले आफ्नो रुम पितालाई दिएका थिए र शोएब र दीपिका गेस्ट रुममा सरेका थिए । यसैकारण शोएबमाथि उक्त आरोप लागेको हो । उक्त आरोपको खण्डन गर्दै दीपिकाले भनेकी छिन् – ‘यस्तो कठिन समयमा पनि सामान्य कुरालाई लिएर हामीलाई ट्रोल गरिएको छ । मेरो सासु सुसुरा मलाई छोरीको व्यवहार गर्नुहुन्छ । म आफ्नो अभिभावकको जस्तैगरी उहाँहरुको हेरचाह गर्छु, प्रेम गर्छु । यदि यसको लागि हामी कार या सडकमा सुत्नु परेपनि तयार छौँ । तपाईँहरु चिन्ता जताइरहनु भएको छ भने जानुस्, मलाई यस्तो केयर चाहिँदैन ।’

दीपिका र शोएब एकअर्कालाई निकै प्रेम गर्छन् । दुवैको जोडी निकै रुचाइएको छ । उनीहरु युट्युबमा भ्लग पनि बनाइरहेका हुन्छन् । अहिले दीपिका टेलिभिजनमा सक्रिय छैनन्, उनी आराम गरिरहेकी छिन् । दुवैले एक अर्काको निकै हेरचाह गर्छन्, जुन उनीहरुले बनाएको भ्लगमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस