पाकिस्तानमा तालिबान भर्ना तथा बिस्तारको आशंका

काबुल । अफगानिस्तानबाट अमेरिकी सेना घर फर्किरहेको बेला अफगानिस्तानमा थप द्धन्द्ध र संकट चर्किने आशंका गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना घर फिर्ता भईरहेको बेला पाकिस्तानमा स्थानीय आतंकवादीहरु तालिबानमा भर्ना हुन सक्ने त्रास बढेको छ ।

यस्तो अबस्था आएमा अफगानिस्तान र क्षेत्रीय सुरक्षामा ठुलो संकट आउनेछ । अफगानिस्तानमा बीस बर्ष लामो आतंकवादी बिरुद्ध युद्धपछि अमेरिकाले सेना घर फर्काईरहेको छ । तर यहि अबस्थामा अफगानिस्तान र पाकिस्तानमा भने तालिबान विद्रोही लडाकु समुहको खतरा थप बढ्दै गईरहेको छ ।

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबान विद्रोहीबीच संघर्ष अकस्मात बढ्दै गएको छ । जर्मन टेलिभिजन डुस्टाच वेलको अनुसार तालिबान शक्तिमा उदाएपछि सन् १९९० मा अफगानिस्तानमा द्धन्द्ध चर्किएजस्तै अवस्था आउन सक्ने विज्ञहरुले आशंका गरेका छन् । त्यसबेला उत्तरी गठबन्धन बिरुद्ध हजारौँ पाकिस्तानीहरु पनि आफगानी तालिबानसँग सहकार्य गरेका थिए ।

पाकिस्तानमा धार्मिक गुरुहरुले मानिसहरुलाई तालिबानमा आबद्ध हुन प्रेरित गरिरहेको बताइन्छ, तर राज्य सरकार भने मौन रहँदै आएको पेशावरस्थित एरिया स्टडी सेन्टर अफ पेशावर युनिभर्सिटीका निर्देशक मुहम्मद सरफरज खानले बताए । विदेशी सेना घर फिर्ताले अफगानिस्तान, पाकिस्तान र क्षेत्रीय सुरक्षामा ठुलो धक्का पुग्ने पनि उनले बताए । स्रोत याहु न्युज

प्रतिक्रिया दिनुहोस