आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ

काठमाडौं- आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेकाो महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरिक्षक टंकमणि शर्माद्वारा राष्ट्पति विद्यादेवी भण्डारीसमक्ष पेश ५८ औं वार्षिक प्रतिवेदमा आर्थिक वर्ष २०७६/७७ मा बेरुजु रकम ५३ करोड रूपैयाँले बढेर चार खर्ब १८ अर्ब ८५ करोड पुगेको उल्लेख औल्याइको हो । आर्थिक वर्ष २०७५/७६सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड रूपैयाँ थियो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनअनुसार सरकारले आवश्यक कारबाही गरेर उठाउनुपर्ने रकमको हिस्सा भने झन्डै सात खर्ब रुपैयाँ बराबरको रहेको छ । आर्थिक बर्ष ७६।७७ मा सङ्घ, प्रदेश र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

प्रदेश सरकार अन्तर्गत सवै भन्दा बढी बरेजु प्रदेश नम्बर दुई मा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस