करण र बिपासा बिन्दास मुडमा देखिए

टेलिभिजनका चर्चित कलाकार करण करण सिंह ग्रोवर तथा बलिउड अभिनेत्री बिपासा बसु वैवाहिक जीवनलाई राम्रोसँग अगाडि बढाइरहेका छन‍् । यो भन्दा अगाडि २ जना श्रीमती र ४ जना प्रेमिकालाई धवका दिएका करणले बिपासालाई पनि धोका दिन्छन् भनेर धेरैले अनुमान गरेका थिए ।

तर उनीहरु अहिले खुशीयालीका साथ आफ्नो जिन्दगी बिताइरहेका छन् । उनीहरुको मिलनको राज के हो त भनेर पत्रकारहरुको प्रश्नमा बिपासाले खुलेर नै कुरा गर्न‍े गरेको छिन् ।

अभिनेत्री बिपासा बसुले आफ्ना पति करण सिंह ग्रोवर निकै रोमान्टिक भएको बताएकी छिन् । पत्रकारहरुको प्रश्नको उत्तर दिदै बिपासाले पति रोमान्टिक र आफू व्यावहारिक भएकाले घरजम निकै जमेको समेत दाबी गरेकी हुन् ।

३७ वर्षीया बिपासा र करणले अप्रिल ३०/२०१६ मा बिहे गरेका हुन् । तर, पछिल्लो समय उनीहरूको सम्बन्ध त्यत्ति राम्रो नरहेको खबर पनि आउने गरेका छन् ।

यसबारेमा पनि बिपासाले जवाफ दिइन् । ‘म पत्रिका पढ्दिनँ । तर, मैले नपढ्दैमा अफबाह आउन छाड्छ भन्ने पनि होइन । अहिले त सोसल साइटमा सबै कुरा आइहाल्छ । बाहिर के आउँछ मलाई मतलव लाग्दैन । किनभने हामी भित्रैदेखि मजबुत छौँ ।’

बिहेअघि बिपासा र करण एलोन फिल्ममा सँगै देखिएका थिए । अब फेरि उनीहरू सँगै पर्दामा देखिने चाहना राख्छन् । बिपासाका अनुसार उनीहरूलाई थुप्रै फिल्मबाट अफर आइरहेका छन् । केहीमा समय त केहीमा पारिश्रमिकको कुरा नमिलेर साइन नगरेको दाबी उनको छ ।

करण स्टार स्क्रिन अवार्डको एक भागमा करण जौहारसँग प्रस्तुत भएका थिए । स्टेजमा यसरी प्रस्तुत हुनु भनेर आफूले करणलाई नसिकाएको बिपासाले बताएकी छिन् । ‘मैले सिकाउनै पर्दैन, करण आफैँ जान्ने छन्,’ बिपासाले भनिन्, ‘प्रेमको मामलामा मात्रै होइन, उनी पर्फमेन्समा पनि मभन्दा अब्बल छन् ।

प्रतिक्रिया दिनुहोस