दक्षिण कोरियाको रोजगारीमा जान नेपालीलाई बाटो खुल्यो

काठमाडौं । रोजगार अनुुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतिक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ ।

दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ ।

यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७८/७९ वा को´रो´ना म´हा´मा´रीका कारण दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) को सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ ।

विभागका अनुसार इ´जाजतप्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।

यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त नभएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यस पटक को´रो´ना जो´खिमका कारण कोरियाले सीधै सिओल पुग्नुपर्ने सर्त राखेपछि कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरिएको जानकारी दिनुुभयो ।

सीधै नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्दै आएको छ । यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्थ्यो, त्यसैबाट ट्रान्जिट हुँदै जाने गर्थे ।

नयाँ टेन्डरअनुसार लाग्ने हवाई भाडा पनि श्रमिकले नै तिर्नेछन् । बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो । कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन् ।

श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने र कोरोना बीमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको विभागले जनाएको छ ।

बोलपत्र आह्वान भए पनि कति श्रमिक लैजाने भन्ने विषयमा अझै यकिन भने भइसकेको छैन । कोरिया जाने श्रमिकका लागि औसत ७०७ अमेरिकी डलर (८४ हजार १३३ रुपियाँ) जहाज भाडा लागत अनुमान गरेर बोलपत्र आह्वान भएको छ ।

को´रो´ना सं´क्र´मण सुरु भएपछि अन्तराष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन बन्द भएको थिया । लेबर परमिट र कन्फर्मेसन लेटर आएका र पुनः जान लागेका गरी १० हजार बढी श्रमिक रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कन्फर्मेसन लेटर आएको छ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान भएका यसबीच म्याद सकिएकाको एक वर्ष म्याद थप भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस