यी खानेकुरा हरु झुक्किएर पनि नखानुहोस, मिर्गौला खत्तम हुनसक्छ

सहि खानपान स्वस्थ जीवनशैलीको संकेत हो। आजको समयमा व्यस्त जीवनशैलीको कारण मानिस आफ्नै स्वास्थ्यमा पनि राम्रो ध्यान दिँदैनन्, जसको कारण हाम्रो शरीर विभिन्न रोगको चपेटामा आउँछ।

त्यसैले, स्वस्थ खानपान निकै जरूरी हुन्छ जसको कारण शरीरको हरेक अंग स्वस्थ होस्।मिर्गौला शरीरको एक महत्त्वपूर्ण अंग हो। मिर्गौलाले पिसाबको माध्यमबाट शरीरमा भएका फोहोर पदार्थ निकाल्ने काम गर्छ।

जो मानिसलाई मिर्गौला सम्बन्धि समस्या छ र त्यो समस्या सुरुवाती समयमा पत्ता लाग्छ, उनीहरुले आफ्नो खानपान बदल्न जरूरी हुन्छ। तर केहि मानिसमा यो समय अन्तिम अवस्थामा मात्र पत्ता लाग्छ।

यस्तो अवस्थामा डायलिसिस गराउनु पर्छ।सामान्यतया मृगौलाका बिरामीहरूले दैनिक आहारमा २,००० मिलीग्राम सोडियम र पोटाशियम र २,००० मिलीग्राम फोफ्फोरस लिनुपर्छ। जानुहोस् यस्ता खानाको बारेमा जुन हाम्रो मिर्गौलाको लागि हानिकारक हुन्छ।

एभोकाडो :

यद्यपि एभोकाडो स्वास्थ्यमा धेरै फाइदाजनक छ, तर पोटाशियमको अधिक मात्राको कारणले गर्दा यो मिर्गौलाका बिरामीहरूका लागि हानिकारक हुन्छ। एभोकाडोमा ३७ % पोटाशियम हुन्छ।

केरा :

केरालाई पोटाशियमको समृद्ध स्रोत मानिन्छ। त्यसैले, मिर्गौलाका बिरामी यसबाट टाढा नै रहनुपर्छ। तपाईं यसको सट्टा भुइँकटर उपभोग गर्न सक्नुहुन्छ।

गहुँको आँटा :

मिर्गौलाका बिरामीहरूलाई गहुँको आँटाको साट्टोमा ह्वाइट ब्रेड खान सल्लाह दिइन्छ। मिर्गौला बिरामीको लागि कम सोडियम वाला ब्रेडको सेवन गर्नु अत्यन्त आवश्यक हुन्छ।

बाउन राइस :

खैरो चामलमा फोस्फोरस र पोटाशियमको उच्च मात्रा हुन्छ जुन मिर्गौलाको लागि हानिकारक हुन्छ। यसको सट्टामा तपाईं सेतो चामल, दाल आदि प्रयोग गर्न सक्नुहुनेछ।

डेरी आइटम :

डेयरी उत्पादनहरुमा फोस्फोरस, पोटाशियम र प्रोटीनको उच्च मात्रा हुन्छ, जुन मिर्गौलाका बिरामीहरूका लागि हानिकारक हुन्छ। दुधमा उच्च क्याल्शियमको साथै यसमा रहेको उच्च फोस्फोरस सामग्रीले मिर्गौला बिरामीहरूको हड्डीहरूलाई कमजोर पार्न सक्छ।

सुन्तला :

सुन्तला वा सुन्तलाको रसमा उच्च मात्रामा पोटाशियम हुन्छ, जुन मिर्गौलाको लागी हानिकारक हुन्छ। अंगूर, क्र्यानबेरी र यिनीहरुको जुस राम्रो विकल्प हुनसक्छ।

प्रतिक्रिया दिनुहोस