टिकटकमा भाईरल ‘सारीवाली’ गोमा ज्ञावाली श्रीमान र छोरी सहित मिडियामा । १० बर्षको उमेर फरक, रमाईलो कुराकानी (भिडियो हेर्नुस)

टिकटकमा सारीवाली भनेर भाईरल भएकी गोमा ज्ञावालीको पहिलो अन्तर्वार्ता युटुबको ट्रेन्डिँगको नँ १ मा आएको छ । पछिल्लो समय धेरै समयदेखि ट्रेन्डिँग नँ १ मा राज गरिरहेको गीत प्रकाश सपुतको कुरा बुझ्न पर्चलाई पनि तल झार्दै बुटवलकी गोमाको मिठो हाँसो र रमाईलो गफ सहितको कुराकानीले नँ १ को स्थान पाएको हो ।

टिकटकमा बिभिन्न बिकृतिका बिच सारीमा सजिएर रमाईला टिकटक बनाउँदै धेरैको मन जितिरहेको गोमाको टिकटकमा लगभग ७ लाख हाराहारी फलोअर्स छन् । यसैबिच पहिलो अन्तर्वार्ता सफल भएको गोमा आफ्नो श्रीमान, छोरी र बिनी अर्थात परिवारकै साथमा मिडियामा आएकी छिन् । शिशिर भण्डारीसितको उक्त अन्तर्वार्तामा गोमाको श्रीमानले आफु श्रीमतीको प्रगतिमा खुशी रहेको बताए ।

गोमाको श्रीमान दिपेश खनालले आफुलाई आफ्नो श्रीमतीको हाँसो मनपर्ने बताउँदै उनी भविष्यमा कलाकारितामा आएपनि आफ्नो कुनै रोकछेक नरहने बताए । मागी बिवाह गरेका यि दुईको १ सन्तानको रुपमा छोरी छिन् । छोरी प्रिन्सु अहिले ८ बर्षकी भईन् । गोमा र दिपेश बिच १० बर्षको उमेर फरक रहेको छ । तर पनि आफुहरु बिच धेरै माया र समझदारी छ, श्रीमान बताउँछन् । रमाईलो पारिवारिक गफको भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस